६ जेष्ठ २०८१, आईतवार

राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद होः बन्धु सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य बन्धु सीले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको बताएकी छन ।

नेकपा दक्षिण बाँकेले डडुवा गाउँपालिकामा बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै पोलिट व्यूरो सदस्य बन्धु सीले यस्तो कुरा बताएकी हुन ।

उनले प्रतिगामी तथा राजावादीहरुले देशलाई प्रतिगमनतिर लिने सपना देखेको भन्दै त्यो सपना नदेख्न राजावादीहरुलाई चुनौती दिइन ।

उनले नेपालमा दलाल पुँजीवादी व्यवस्था र साम्राज्यवादी षड्यन्त्रका कारण सरकारले नेकपासंग गरेको तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा रोश प्रकट गरिन । उनले समाजवादी मोर्चा मार्फत नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा सबै कम्युनिष्ट बामपन्थी,लोकतन्त्रवादी,गणतन्त्रवादी तथा देशभक्त शक्तिहरु लाग्नुपर्ने बताईन ।

नेकपा दक्षिण बाँके जिल्ला समिति सदस्य तथा मधेसी मुक्तिमोर्चाका जिल्ला संयोजक उत्तम सीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य तथा दक्षिण बाँके जिल्ला इन्चार्ज समिरजंग सीले गरेका थिए । कार्यक्रममा वौद्धिक व्यक्तित्व,राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।