२४ बैशाख २०८१, सोमबार

अध्ययन गर्नै पर्ने आर्थिक विषयको कृति प्रकाशित

0

काठमाडौंं । सन १९६६ वरपर चीनका अर्थशास्त्रका ज्ञाता तथा प्राध्यापकहरुले सामूहिक रुपमा प्रकाशित गरेको ऐतिहासिक महत्वको कृति ‘राजनीति अर्थशास्त्रको मूलभूत सिद्धान्त’ कृति नेपाली भाषामा भाषान्तर गरेर प्रकाशित भएको छ ।

लेखक तथा अनुवाद भेषराज भूसालद्धारा अनुवाद गरिएको कृति जनप्रचार तथा प्रकाशन प्रालिले प्रकाशित गरेको हो ।
नेकपाका राजनीतिक व्युरो सदस्य तथा स्कुलिङ विभागका सदस्य समेत रहेका भुसालद्धारा अनुवाद गरिएको सो कृति नेपाली भाषा साहित्यको महत्वपूर्ण प्राब्य समेत मानिएको छ ।

सन १९५६ सम्म माओत्सेतुङले जोसेफ स्टालिनद्धारा लिखित दुई अर्थशास्त्रका कृतिहरुको प्रशंसा गर्नु भएको थियो ।

तर सन  १९५७ पुग्दा नपुग्दै माओ त्सेतुङले रुसी अर्थशास्त्रमा गम्भीर समस्याहरु देख्नु भयो । त्यो समस्यालाई समाधान गर्न र चिनियाँहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले यो पुस्तक तयार गरिएको थियो ।

माओले ‘ठुलो मात्राको केन्द्रीकृत उत्पादनले संशाधनको ठुलो मात्रलाई खाईदिन्छ’ भन्ने निश्कर्षमा माओ त्सेतुङ पुग्नु भयो ।
त्यसैले साना उद्योग,किसान समुदाय र ग्रामीण क्षेत्रमा मुख्य लगानी गर्नुपर्ने अन्यथा विशाल संशाधन र सीमित विकसित केन्द्रीकृत संशाधनकोबिचमा अन्तरविरोध बढ्ने र त्यो स्थिति प्रतिक्रान्तिको मलिलो भूमि बन्ने माओ त्सेतुङको निश्कर्ष थियो ।

चिनियाँ समाजलाई यसरी नयाँ आर्थिक आधारमा निर्माण र दीक्षित गर्ने उद्देश्यले लिखित यो कृति नेपाली भाषामा प्रकाशित हुनु सुखद समाचार हो । जसलाई ‘शंघाई टेक्स्टबुक’ पनि भनिन्छ ।

यो कृतिको मूल अंश दुई खण्डमा प्रकाशित भएको छ । हाल यसको पहिलो खण्ड प्रकाशित भएको छ । झण्डै ३०० पृष्ठ रहेको कृतिको व्यक्तिगत बजारमूल्य ४०० रुपैया आजको महङगीमा बजारमो प्रचलन भन्दा महङगो होईन ।

पाठक र विक्रेताले पुस्तक आवश्यक ठानेमा अनुवादक र प्रकाशक समक्ष सम्पर्क गर्न सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।