१८ माघ २०८१, शुक्रबार

राष्ट्रिय मुक्ति युद्ध लड्नु पर्ने हुन सक्छः सुमनसिंह सी

0

सिन्धुली । नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्यूरो इन्चार्ज सुमनसिंह सीले नेपाली जनताले राष्ट्रिय मुक्ति युद्ध लड्नु पर्ने अवस्था आउन लागेको भन्दै सचेत गराएका छन ।

आईतवार सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा आयोजित ‘वर्तमान राष्ट्रिय संकट र यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैलाई सचेत बनाएका हुन । उनले अमेरिकी साम्राज्यवाद एमसीसी र एसपीपी हुँदै युद्ध ल्याएर नेपाल प्रवेश गरेको र यसको प्रतिबादमा छिमेकी चीनपनि सल्बलाएको बताए ।

‘अमेरिका नेपालका देशभक्त र कम्युनिस्टहरुलाइ कत्लेआम गर्न, प्राकृतिक श्रोत कब्जा गर्न र अमेरिकी एकल प्रभुत्वको चुनौतीको रुपमा उदाएको चीन बिरुद्ध सैन्य दबाब बढाउन नेपालमा प्रवेश गरेको छ’ उनले भने, ‘राजावादीको नाममा देशभक्तहरुलाइ भ्रमित गर्न र नंया गर्छौं भन्ने नाममा वर्तमान ब्यवस्थाबाट आजित जनतालाई भ्रमित गर्न र यहि संकटको बिचबाट नव जेलेन्स्किहरुको जन्म गराउन अमेरिका प्रयत्नशील रहेको छ ।’

उनले यस्तै हुँदै गयो भने केही समय पछि नेपालमा पनि जेलेन्स्कीहरु देखिने संकेट गर्दै नेपाल नंया युक्रेन बन्ने दाबी गरे ।
उनले आजको साम्राज्यवाद हिजोको जस्तो प्रत्यक्ष मात्रै नआउने बरु नेपालकै दलालहरु मार्फत साम्राज्यवाद अहिले आइरहेको बताए ।

सुमनसिंह सीले वर्तमान ब्यवस्थाको अन्त्य गरेर अहिलेको भन्दा अग्रगामी नेपाली बिशेषताको समाजवाद स्थापनाको निम्ति सम्पूर्ण अग्रगामी र देशभक्तहरु तयार हुनु पर्ने बताए ।

उनले तीन बुँदे सहमति राजनीतिक संकटको निकास निकाल्ने सहमति भएको र साम्राज्यवाद यो सहमति भांडेर नेपाललाई अस्थिर पार्न खेलिरहेको आरोप लगाए । उनले यसको डटेर सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए ।
पार्टीका केन्द्रीय सदस्य शशी सीले कार्यक्रममा सहजकर्ताको भूमिका खेलेका थिए । पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य लक्ष्मण सीले अवधारणा पत्र बाचन गरेका थिए ।

कार्यक्रममा उपस्थित नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, बुद्धिजीबी लगायत विभिन्न प्रतिनिधिहरुले आ आफ्नो धारणा प्रस्तुत गरेका थिए । सबै वक्ताहरुले नेकपाले राष्ट्रको बारेको लिएको चिन्ता र प्रयत्न सकरात्मक भएको बताए । नेपालका सबै अग्रगामी शक्तिहरु एक हुनुको बिकल्प नभएको उनीहरुको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।