५ जेष्ठ २०८१, शनिबार

महासचिव विप्लवमार्फत भुकम्प पीडितको आवास निर्माणमा मोर्चाको सहयोग

0

नेपाल कम्युनिस्ट पार्टी निकट नेपालीहरुको शुभेच्छुक अन्तर्राष्ट्रिय संगठन नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वबाट जाजरकोट/रुकुमका भुकम्प पीडितहरुको आवास निर्माणको ७० हजार ३ सय ५५ रुपैया सहयोग पठाइएको छ । मोर्चाका संयोजक रमेश गिरीले सोमबार बिहान नेकपाका महासचिव विप्लव सीलाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् । पार्टीले सञ्चालन गरेको राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम चलिरहेको छ ।
यस अगाडिसमेत पार्टीको पहलमा विभिन्न माध्यमबाट २ करोडको हाराहारीमा राहत हस्तान्तरण भइसकेको छ भने प्रभावित जिल्लामा सयौं घरहरु बनाउन नेकपाले केन्द्रीय अभियान टिम खटाएको थियोे ।
सोमबार बिहान केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लव, नेकपाका स्थायी कमिटी सदस्य विषम सी, पिबिएम तथा कार्यालय सचिव विजय सी, सीसीएम सुशील सी सहितका कार्यालयका टिमको उपस्थितिमा सहयोग हस्तान्तरणसहितका कार्यक्रम सम्पन्न भएको कार्यलय सदस्य विमर्श सीले जनपत्रिकालाई बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।