२० बैशाख २०८१, बिहीबार

परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्व विषयक अन्तरक्रिया मन्थलीमा सम्पन्न

0

 

परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्व विषयक अन्तरक्रिया कार्यक्रम रामेछापको मन्थलीमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा सम्बाेधन गर्दै अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य सुर्वण सीले सांस्कृतिक रुपमा प्रत्येक जातजाति समुदायहरुलाई विभाजन गरेर अहिलेकाे सत्ता टिकिरहेकाले त्यसलाई हल गर्न पार्टीले सी जातिकाे अवधारणा ल्याएकाे बताए । उनले अहिलेकाे दलाल व्यवस्था अन्त्य गरि समाजवादी व्यवस्था स्थापना भएमात्र सबैले समानताको अनुभूति गर्ने बताए । 

समाजवादी  व्यवस्थाका लागि पहिला सबै कम्युनिस्टहरु, प्रगतिशील तत्वहरु, देशभक्तहरु, माओवादीहरु एक ठाउँमा आउनु पर्ने बताए । साथै उनलेे समाजवादी व्यवस्था ल्याउन जनमत संग्रह गर्नु पर्ने बताए । देशलाई प्रगति गर्न, आत्मनिर्भर अर्थतन्त्र बनाउन आफ्ना पार्टीका प्रत्येक कार्यकर्ता उत्पादन लागेको बताए ।
कार्यक्रमका अर्का अतिथि केन्द्रीय प्रतिनिधि सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज इन्द्र सीले जनयुद्धकाे उपलब्धिहरुलाई अपमान गर्न आज साम्राज्यवादीहरुले विभिन्न प्रकारका पात्रहरु खडा गरेकाे बताए । श्रमिक वर्गकाे अधिकार समाजवादी व्यवस्थामा मात्र सम्भव हुने बताए ।
त्यसैगरी कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पुर्वी ताम्सालिङ ब्युराे जवस इन्चार्ज युगीन सीले श्रमिक समुदायकाे हक हितकाे निम्ति सबै श्रमिक वर्ग एकजुट भएर एकीकृत जनक्रान्तिमा लामबद्व भएर वैज्ञानिक समाजवादका निम्ति संघर्ष गर्नु पर्ने बताए । कार्यक्रमका अध्यक्ष तथा पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य तथा विभाग प्रमुख सन्ताेषी सीले परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्वबारे अवधारणाकाे महत्त्व र आवश्यकता विषयमा प्रस्ट्याइन् । मानव समाजकाे पुरानो समाजकाे परिभाषालाई बदलिएर नयाँ मानव समाजकाे परिभाषाका लागि पार्टीले सी जाति, सी समाजकाे अवधारणा ल्याएकाे बताइन् । वैज्ञानिक समाजवादले मात्र सम्पूर्ण श्रमिक सम्पूर्णकाे अधिकार सम्पन्न हुने समेत बताइन् ।


अन्तरक्रिया कार्यक्रममा राप्रपा नेपाल जिल्ला अध्यक्ष रामचन्द्र कँडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला इन्चार्ज लाङगाली मगर, क्रान्तिकारी कम्युनिस्ट पार्टीका रमेश बाेहाेरा, माओवादी केन्द्रका प्रदेश सदस्य उद्वव रम्तेल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष बद्री नयाँघरे, जिल्ला बार एशाेसियसनका जिल्ला अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पाण्डव प्रसाईं, मन्थली न.पा.-७ वडा अध्यक्ष भुवन हरि प्रसाईंलगायतले कार्यपत्रमाथि आ-आफ्नो धारणा राखेका थिए ।


कार्यक्रममा अवधारणा पत्र श्रमिक विभाग सदस्य हरिले वाचन गरेका थिए । कार्यक्रमकाे संचालन रामेछाप (D-2) सेक्रेटरी शंकर सीले गरेका थिए भने स्वागत मन्तव्य रामेछाप (D-1) सेक्रेटरी बद्री सीले राखेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।