१९ बैशाख २०८१, बुधबार

नेकपा महासचिव विप्लवद्वारा केन्द्रीय कार्यालयमा झण्डात्ताेलन

0

कपिलवस्तु – २९औं जनयुद्धकाे अवसरमा नेकपा महासचिव विप्लव सीले केन्द्रीय कार्यालय कपिलवस्तुमा झण्डात्ताेलन गरेका छन् ।

मंगलबारबार पार्टीकाे केन्द्रीय कार्यालय प्राङ्गणमा नेपाल कम्युनिस्ट पार्टीकाे झण्डा फहराएर झण्डात्ताेलन गरेका हुन् ।
झण्डात्ताेलनमा नेकपा स्थायी समिति सदस्य अनिल सी, पाेलिट व्युराे सदस्यहरू असल सी, ध्रुव सी, आजाद सी, केन्द्रीय सदस्यहरू अडिग सी, आराेह सी, विजय सी, हेमन्त, सुनिल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
झण्डात्ताेलनमा जनस्वयम् सेवकले कम्युनिस्ट पार्टीकाे झण्डाको सलामी अर्पण गरेका थिए ‌‌‌‌। साथै महासचिव विप्लवलाई पनि सलामी अर्पण गरेका थिए ।
साे अवसरमा अतारवाणी, बेलुन फकेर तथा व्यानर प्रदर्शन गरिएकाे थियाे । कार्यालयमा जनयुद्ध दिवसको अवसरमा औपचारिक कार्यक्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।