२० बैशाख २०८१, बिहीबार

जनयुद्धको दिवसको अवसरमा अछाममा अभिभावकबिहीन बालबालिकालाई शैक्षिक सामाग्री वितरण

0

जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी अछामले षोडशा माध्यमिक विद्यालय मंगलसेन अछामका अभिभावकबिहीन १५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ।
अभिभावकबिहीन बालबालिकालाई थोरै भएपनि शैक्षिक सामाग्री वितरण गर्दा विद्यार्थीलाई पठनपाठन गर्न सहज हुने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको नेपाल कम्युनिस्ट पार्टी अछामले बताएको छ।


शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सी,अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज दिपेन्द्र सी,पार्टी जिल्ला सदस्य एकेन्द्र सी, विर्मा सी, युवा संगठन नेपालका केन्द्रिय सदस्य कुमार सी,अखिल (क्रान्तिकारी) जिल्ला सहसचिव भिम सी,षोडशा माध्यमिक विद्यालयका सह प्रधानाध्यापक बिर्केशसिंह बोगटीलगायत अन्य शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।


उता साँफेबगर नगरपालिकामा रहेको जनकल्याण माध्यामिक विद्यालयमासमेत खेलकुद सामग्री वितरण गरिएको छ । वितरण कार्यक्रममा पश्चिम कमाण्ड इन्चार्ज तिलक सि,अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष एकेन्द्र सि,अखिल (क्रान्तिकारी) जिल्ला सहसचिव कमल सिलगायत शिक्षक विधार्थिको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।