४ जेष्ठ २०८१, शुक्रबार

नेकपा गुल्मीले मनायो विविध कार्यक्रम गरि जनयुद्ध दिवस

0

गुल्मी । विप्लव नेतृत्वको नेकपा गुल्मीले २९ औं जनयुद्ध दिवस मनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका रजस्थलमा एक कार्यक्रम गरेर दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज खोमा सीले १० बर्षे जनयुद्ध सामन्तवाद र साम्राज्यवाद विरूद्वको लडाइँ भएको बताउदै अहिलेको लडाइँ दलाल पुँजीवाद र भुमण्डलीकृत साम्राज्यवादसित भएको बताए । उनले जनयुद्धको सपनाहरू पूरा नभएको बताउदै बाँकी कार्यभार नेपाली बिशेषताको समाजवाद मार्फत् गर्नुपर्ने बताए । उनले यसका लागि सबै कम्युनिस्ट, समाजवादी, देशभक्त र राष्ट्रिय पुँजीपति वर्ग एक ठाउँमा हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सेक्रेटरी वसन्त सी, जिल्ला सचिवालय सदस्य बिनोद सी, जिल्ला सदस्य तारा सी, मैत सी, युवा संगठन नेपाल जिल्ला संयोजक गमर सी, महिला नेतृ सर्मिला सीले जनयुद्धको महत्वबारे बोलेका थिए । कार्यक्रमको अवसरमा शुभकामना आदानप्रदान, अबिर उत्सव समेत गरिएको थियो ।

नेकपाले यस सन्दर्भमा तम्घास जिल्ला प्रशासन अगाडि शुभकामना ब्यानर उत्सव र बर्बोटमा दीप प्रज्वलन समेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।