१ जेष्ठ २०८१, मंगलवार

नेकपा पूर्वी दाङले विभिन्न  कार्यक्रम गरी २९ औं जनयुद्ध दिवस मनायो

0

घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले विभिन्न खेलकुद कार्यक्रम गरी २९ औं जनयुद्ध दिवस भब्य रुपमा मनाएको छ । पार्टीले मंगलबार घोराही – १६ गुरुवा गाउँमा कुर्सी डौड र घैंटाफोर  प्रतियोगिताको आयोजना गरी उक्त दिवस मनाएको हो ।

पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीको अध्यक्षता एवं वेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष तथा  पार्टीको केन्द्रीय सल्लाहकार सुन्दर सीको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि  सुन्दरले यो देशमा आमूल परिवर्तन गर्नका लागि आजकै दिन जनयुद्धको उद्घोष भएको   बताए । उनले जनयुद्धले नै देशमा गणतन्त्र प्राप्त भएको भएपनि त्यो गणतन्त्रबाट जनताको सामान्य आधाभूत आवश्यकता समेत पूरा नभएको कुरामा जोड दिए ।

यो दलाल पूँजीवादी व्यवस्था रहेसम्म नेपालमा थुप्रै संकटहरु निम्ति रहने हुँदा त्यसको बिकल्पमा वैज्ञानिक समाजवाद अर्थात नेपाली विशेषताको समाजवाद ल्याउन  पर्ने र त्यसका लागि आफूहरू निरन्तर रुपमा लागिपरेको नेता सुन्दरको भनाइ छ ।

कार्यक्रममा  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सविन सीले २९ औं जनयुद्ध दिवसको शुभकामना दिँदै  माओवादी नेताकार्यकर्ता र श्रमिक नेपाली  जनताको त्याग, बलिदान  संघर्षको गौरवशाली योगदानले गणतन्त्र प्राप्त भएको बताए   । तर सत्ता दलाल पुँजीपति वर्गको कब्जामा पुगेपछि  देश र जनताको जीवन फेरि बहुसंकटको जालोमा फस्दै गएको भन्दै नेता  सविनले अब देशलाई समाजवादमा रुपान्तरण गर्नुपर्ने उद्घोष गरे  ।  त्यसका लागि पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने उनको भनाइ छ ।

पार्टीले खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला सल्लाहकार नवराज सी,  अखिल   नेपाल महिला संघ राप्ती ब्यूरो इञ्चार्ज अशोका सीअखिल (क्रान्तिकारी) राप्ती ब्यूरो इञ्चार्ज राजेन्द्र,  युवा संगठन नेपालका जिल्ला अध्यक्ष पदम सी लगायतका सहिद परिवारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सचिवालय सदस्य चुलुवा सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।