५ जेष्ठ २०८१, शनिबार

कपिलवस्तुमा बस दुर्घटना: १० जनाको मृत्यु, ३० जना घाइते

0

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । राति १ बजे महेन्द्रनगरबाट काठमाडौँ सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुनौलो महाकाली यातायातले संचालन गरेको सु- प – प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।
मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ ।
घाइतेहरुमा चालक पूर्ण चन्द्र, सहचालक अर्जुन कार्की, केशव हमाल, मनोज विक, नविन भट्ट, गिता कुवर, नितिन कुवर, सन्तोष चौधरी, गणेश काफ्ले, नितेश सुनार, श्रृष्टि काफ्ले, रेखा अचार्य, सुनिल कुवर, राजेश दाहल, लोक बहादुर कार्की, ज्ञानेन्द्र पाल, मोहन सिँह लोहार, विशाल भुजेल, महेश सुनार, अशोक सिंह धामी, मनोज सिंह धामी लगायत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।