७ पुष २०८१, आईतवार

कपिलवस्तु बस दुर्घटना १० जना मृतक मध्ये ६ जनाको सनाखत

0

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । मृतक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ ।
त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ कन्चनपुर २७ वर्षीय सन्जु थापाको दुर्घटना स्थलमै मृत्यु भएको छ । राति १ बजे महेन्द्रनगरबाट काठमाडौँ सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सुनौलो महाकाली यातायातले संचालन गरेको सु- प – प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि वलीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।