२१ बैशाख २०८१, शुक्रबार

कपिलवस्तु बस दुर्घटनाप्रति नेकपा महासचिव विप्लवद्वारा दु:ख व्यक्त

घाइतेहरुको निशुल्क उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरोकारवाला पक्ष र सरकारसँग जोडदार माग

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

पार्टीका महासचिव विप्लव सीले विज्ञप्ति जारी गर्दै बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै  दुर्घटनामा परि निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । दुर्घटनामा परि घाइते भएका सम्पूर्णकाे शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको निशुल्क उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरोकारवाला पक्ष र सरकारसँग जोडदार माग गरेका छन् ।

गएराति महेन्द्रनगरबाट काठमाडौँ आउदै गरेको सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खाेलामा बस दुर्घटना हुँदा १० जनाको मृत्युु र ३० जना घाइते भएका छन् ।

महासचिव विप्लव सीद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ -‘ गएराती महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदुरपस्चिम प्रदेश ०२-००१ (ख) ००९८ नम्वरको सुनौलो महाकाली यातायातको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएको र ३० जना घाइते भएको खवरले हामीलाई स्तब्ध बनाएको छ।

दुर्घटनामा परि ज्यान गुमाउनुहुने पु सकील मुसलावन,अर्जुन कुमार योगी, नारायण बहादुर भण्डारी, राहुलराम कामी, उमेश भण्डारी, सञ्जु थापा, किशन भट्ट, बिमलादेवी भट्ट सुदिप भट्ट, खगेश्वरी खातीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै दुर्घटनामा परि घाइते हुनुभएका सम्पूर्णलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, साथै घाइतेहरुको निशुल्क उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरोकारवाला पक्ष र सरकारसँग जोडदार माग गर्दछौँ ।
पटक पटक यस्तो दुर्घटना हुनुमा स्तरहीन सडक,कमजोर ट्राफिक प्रणाली, गलत यातायात ब्यवस्थापन रहेको हाम्रो बुझाइ छ, यस्तो समस्याको यथाशिघ्र समाधानका लागि उचित पहल गर्न सरकारसँग जोडदार माग गर्दछौँ । ‘


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।