२४ बैशाख २०८१, सोमबार

चार दलिय संयुक्त माेर्चाद्वारा पाेखरामा कोणसभा सम्पन्न

एमसीसी, एसपीपी र बढ्दो महंगी तथा मूल्यवृद्धी विरुद्ध बिरोध कोणसभा पोखरा कास्कीमा

0

कास्की : देशमा एमसीसीका विरुद्ध चर्को नारावाजी, विरोध हुँदा पनि एसपीपी नामक सहमती पारित गर्न खोजीदैछ । राष्ट्रघाती सम्झौता साथसाथै देशमा चर्को मूल्यवृद्धि भएकोले उक्त कार्यक्रम आयोजना गरीएको हो । आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी कास्की सेक्रेटरी काजीगुरुङ, नेकपा (माओवादी समाजवादी) तमुवान गण्डक प्रदेश इन्चार्ज भोजराज त्रिपाठी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य याम रसाइली, नेकपाका प्रदेश सदस्य मनिष भट्टराईको कास्की जिल्ला नेतृत्वमा चार दलिय संयुक्त रणनैतिक मोर्चा केन्द्रको २०७९ साल श्रावण १० गते संयुक्त पत्रकार सम्मेलन मार्पmत सार्वजानिक भएअनुसार चार दलद्वारा राष्ट्रघाती एमसीसी, एसपीपी र बढ्दो महंगी तथा मूल्यवृद्धी विरुद्धको संयुक्त बिरोध कार्यक्रम पोखराको सृजना चोकमा सम्पन्न भएको छ । कार्यक्रमको मुख्य नेतृत्वको भूमिका नेपाल कम्युनिष्ट पार्टी कास्कीले गरेको थियो । कार्यक्रमको सम्बोधन नेपाल कम्युनिष्ट पार्टीका पोखरा नगर सेक्रेटरी सोममाया विश्वकर्माले गर्नुभएको थियो । सम्बोधन गर्दै नगर सेक्रेटरीले सडकमा उत्रिएको दुईदशक अगाडीको सानो मानिसका हुलले जसरी जनयुद्धको रांको बालेका थिए त्यसै गरी राष्ट्रिय स्वाधिनता जनताको जनजिवीकाको लागी हाम्रो सानो आवाज पनि ठुलो भएर विजय हाँसिल गर्ने छ । सत्यताको लागी जनताले आगो बाल्न पछि नहटने चेतावनी दिंदै आन्दोल शुरु गरे त्यसको नेतृत्व गर्न नेपाल कम्युनिष्ट पार्टी सधै तयाररहेको बताउनु भयो । यसै गरि नेकपा (माओवादी समाजवादी) तमुवान गण्डक प्रदेश इन्चार्ज भोजराज त्रिपाठिले सिसाको घर हुनेले ढुङ्गामाटोको घर हुनेलाई जिस्काउनु हुँदैन एक प्रहारले सिसा चक्नाचुर बनाउन सक्छ त्यसैले होशियार रहुनुू भन्दै आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रमको सन्चालन नेकपा प्रदेश सदस्य मनिस भट्टराईले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।