२१ बैशाख २०८१, शुक्रबार

संयुक्त मोर्चा मकवानपुरद्वारा हेटौंडामा हस्ताक्षर संकलन

0

मकवानपुर: संयुक्त मोर्चा सघर्ष समिति मकवानपुरको आयोजनामा हेटौंडामा आज हस्ताक्षर संकलन कार्यक्रम भएको छ । कार्यक्रममा राष्ट्रघाती एमसीसी, आइपीएस, एसपीपी सम्झौता विरुद्ध हस्ताक्षर संकलन गरेको हो ।

साथै मोर्चाले नागरिकता विधेयकका राष्ट्रघाती प्रावधानहरु खारेज गर्न, महङ्गी, भ्रष्टाचार, कालाबजारी नियन्त्रण गर्न तथा राजबन्दीहरु रिहाइको समेत माग गर्दै हस्ताक्षर संकलन गरेको हो ।

कार्यक्रम विभिन्न ६ दल दुई मोर्चा र एक बुद्धिजीवी संगठनको संयुक्त आयोजनामा भएको हो । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा भएको उक्त कार्यक्रम बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म भएको छ । साँझ पाँच बजेपछि कोणसभा गरि कार्यक्रम समापन गरिएको थियो ।

उक्त हस्ताक्षर संकलन कार्यक्रममा नेकपा मकवानपुरका इन्चार्ज सन्देश पौडेल, सेक्रेटरी राम घलान (वाटर), नगर सेक्रेटरी सुर्य अर्याल, वैज्ञानिक समाजवादीका जिल्ला सदस्य यदु पासा, नेकपा मकवानपुरका संयोजक माननाथ तिमल्सिना, राष्ट्रिय जनमोर्चा नेपाल मकवानपुरका संयोजक ओबेन्द्र बहादुर लुइँटेल नेकपा माले मकवानपुरका उपाध्यक्ष हरिकृष्ण अधिकारीको उपस्थिति रहेको थियो । 

त्यस्तै नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य दीपेन्द्र श्रेष्ठ, सचेत नेपाली मकवानपुरका प्रवक्ता मुक्तिनाथ पुडासैनी, नागरिक सरोकार समिती मकवानपुरका संयोजक केशव गौतम , स्वतन्त्र बुद्धिजीवीका मान बहादुर लामा लगायतको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।