३१ बैशाख २०८१, सोमबार

कोशी र सगरमाथा ब्युरोको संयुक्त स्कुलिङ कार्यक्रम इटहरीमा सुरु

0

नेपाल कम्युनिस्ट पार्टी कोशी र सगरमाथा व्युरोको संयुक्त स्कुलिङ कार्यक्रम आजबाट सुनसरीको इटहरीमा सुरु भएको छ ।
उक्त स्कुलिङ्को उद्घाटन गर्दै पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख  रणविरले पुजीवाद तथा साम्राज्यवादले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनमाथि आक्रमण गर्दै राजनीति र नेतालाई बदनाम गराउने र समाजमा अराजकताको स्थिति पैदा गराएकोले त्यसलाई चिर्न कम्युनिस्टको नयाँ स्कुलिङको आवश्यकता परेको बताए ।


उनले नयाँ दर्शनको विकासका लागि एकीकृत जनक्रान्तिको स्कुलिङ संचालन भइरहेको समेत बताए । उद्घाटन कार्यक्रमको अध्यक्षता कोशी व्युरो इन्चार्ज दिपेस सीले गरेका थिए भने संचालन सगरमाथा व्युरो इन्चार्ज शैलेस सीले गरेका थिए ।
आजबाट ७ दिनसम्म चल्ने स्कुलमा कोशी र सगरमाथामा व्युरोबाट सहभागी ४० जनालाई  राजनीतिक अर्थशास्त्र भेषराज सी, दर्शनशास्त्र रणविर सी, वैज्ञानिक समाजवाद तिर्थ सी, समाज विज्ञान असल सी,भौतिक विज्ञान प्रयास सी र कम्युनिस्ट आचरण, संस्कार संस्कृति दिपेश सीले पढाउने बताइएको छ ।


उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरीका कृयाशिल जिल्ला सदस्य नवीन राई नेकपामा प्रवेश गरेको नेकपाका सुनसरी इन्चार्ज डिवि सीले जानकारी दिएका छ्न् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।