२० बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टीले नवाैँ महाधिवेशनको तयारीलाई तिव्रता दिदै

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले नवाैँ महाधिवेशनको विभिन्न तयारीमा जुटिरहेको छ ।

नवाैँ महाधिवेशनको तयारी स्वरूप नेकपाले प्रचारप्रसार अन्तरगत पाेस्टर, पर्चा, भित्तेलेखनलाई तिव्रता दिएको छ भने सांगठनिक, राजनैतिक/वैचारिक तयारीलाई पनि जाेड दिइरहेको छ ।

‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौँ! अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौँ!! असाेज १ गते काठमाडौं खुल्लामञ्च जाऔँ! नवाैँ महाधिवेशनलाई भव्य रूपले सफल पाराैँ! भन्ने नारासहित नयाँ पाेस्टर प्रकाशित गरी टाँस गर्नुका साथै गाउँसहरमा पार्टीको पर्चा, पम्प्लेट वितरण गरिरहेको र वडा, पालिका, नगर, जिल्ला स्तरीय भेला/सम्मेलनको तयारीलाई पनि तिव्रता दिइरहेको बताइएको छ ।

 

आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा नेकपाले ‘एकीकृत जनक्रान्ति’ लाई केन्द्रमा राखेर मालेमावादका तीनवटै अंग दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा थप विकास गर्ने, संगठन, राजनीति, संस्कृतिमा पनि थप नयाँ विकास गर्ने र कम्युनिष्ट विचार, आदर्श, मूल्य र मान्यतालाई नयाँ उचाईमा उठाउने उद्घोष गरेको छ ।
राष्ट्रघाती एमसीसी, एसपीपी, महङ्गी, कालाबजारी, भ्रष्टाचारका विरुद्ध जनपक्षिय सङ्घर्षको नेतृत्व गर्दै आइरहेको पार्टीले विचार, राजनीति र सङ्घर्षलाई अझ उचाइमा उठाउँने र त्यसअनुसारको सङ्गठनात्मक तयारी गर्न नवौँ महाधिवेशनमा जुटेको छ ।

नेकपाले नवौँ महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुने र यस कार्यमा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन र सहयोग गर्न हार्दिक अपील गर्दै नवाैँ महाधिवेशनलाई कम्युनिस्ट विचार, मूल्य, मान्यता र आदर्शको उत्सवको रूपमा सम्पन्न गर्न आव्हान समेत गरेको छ ।

             


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।