२२ बैशाख २०८१, शनिबार

युवा संगठन नेपाल रसुवा जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल रसुवा जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
शनिबार रसुवा जिल्लामा भएको सम्मेलनको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य सागर सी थिए । विशेष अतिथि नेकपाकै केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज निर्देश सी, अतिथिहरुमा नुवाकोट जिल्ला सेक्रेटरी संगम सी, युवा संगठन नेपालका ब्युरो इन्चार्ज जीवन सी थिए ।
प्रथम जिल्ला सम्मेलनले कुमार सीको नेतृत्वमा २१ सदस्यीय कमिटी निर्वाचित गरेको छ । सम्मेलनको अवसरमा सहिदका परिवारजन प्राकश ढकाल, शिला मगरलाई सम्मान गरिएको थियोे ।


प्रमुख अतिथि सागर सीले युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलन यहि चैत २४ देखि २८ गतेसम्म धनगढीमा हुने भएकाले भव्य र सभ्य रुपमा सम्पन्न बनाउन रसुवा जिल्लाकाे टिमको महत्वपूर्ण भुमिका रहने बताए ।
साथै युवा संगठन नेपालका पश्चिम् ताम्सलिङ ब्युरो इन्चार्ज जीवन सीले नेपालका दलालहरुले युवाहरुलाई बेरोजगारी बनाएर विदेशीन र तड्पिएर बाँच्न बाध्य परेको यहाँको स्रोत साधन साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीहरुले कब्जा गरि ब्रह्मलुट मच्चाइरहेकाले अब सम्पूर्ण युवाहरुलाई समेटेर भ्रष्टाचारीर दलालहरुको अन्त्य गर्नुपर्ने र मागेर नपाएको रोजगार अब खोसेर लिनुपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।