५ जेष्ठ २०८१, शनिबार

केशव सी र संगीता सीको प्रगतिशील विवाह सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी ललितपुर पार्टी सदस्य केशव सी र संगीता सीको प्रगतिशील विवाह सम्पन्न भएको छ ।

नेकपा स्थायी समिति सदस्य विषम सीकाे प्रमुख आतिथ्यतामा विवाह कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सी, स्थायी समिति सदस्य सुशील सी, पार्टीका पिबिएम कृति सी, चिरन सी, बधुका मामा तथा नेकपाका केन्द्रीय सदस्य प्रेम सी, केन्द्रीय सदस्थ तथा ललितपुरका इन्चार्ज बिपिन सी लगायतका केन्द्रीय सदस्यहरु, पार्टीका नेताकार्यकर्ता र दुवैका आफन्त परिवारजनहरुको उपस्थितिमा प्रगतिशील विवाह सम्पन्न भएको हो ।

प्रगतिशील विवाह र सी संस्कृतिका बारेमा प्रमुख अतिथि विषम सीले धारणा राखेका थियो । कार्यक्रममा वर बधुलाई शुभकामना दिदै नयाँ दाम्पत्य जीवन परिवर्तन र समाज रुपान्तरणमा लगाउनु हुने कुरामा जोड दिएका थिए ।
हामीले समाजको उदाहरणीय जोडीका रुपमा आफुलाई स्थापित गराउनु सक्नु पर्दछ भन्दै उनले यो प्रगतिशिल विवाहले महङ्गो खर्चिलो अनावश्यक ऋणको भारी बोक्नबाट मुक्त गराउने शिक्षा अरुलाई सिकाउन सकिने धारणा राखेका थिए ।

साथै वरबधुलाई टीका लगाएर शुभकामना पत्र हस्तान्तरण गरेका थिए । विवाह समारोहमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका शिर्षस्थ नेता कार्यकर्ता, परिवारका सदस्य तथा शुभेच्छुकहरूले नवदम्पतिलाई टीका, खादा लगाएर शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।