२८ बैशाख २०८१, शुक्रबार

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौंमा भव्य रूपमा सम्पन्न

0

काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका ब्युरोले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन श्रमिक दिवस मनाउने गरिन्छ । महिलामुक्तिका आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । साेही दिनलाई स्मरणमा अ.ने.म.संघ क्रान्तिकारी उपत्यका ब्युरोले पुतली सडकस्थित  कान्तिपुर सिटी कलेजमा एक कार्यक्रमको आयोजना गरि मनाएको हो । कार्यक्रममा नेकपाका स्थायी समितिका सदस्य सन्तोष सीको प्रमुख आतिथ्यता रहेको थियो ।


उक्त कार्यक्रममा नेकपा पिबिएम कृति सी, खुमा सी, अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय महासचिव राजकुरमारी सी, जनसांस्कृतिक महासङ्घका केन्द्रीय महासचिव कुशल सी, नेवा मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र सी, लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे अध्यक्षता बिनिता सीले गरेकी थिइन् भने सञ्चालन करिस्मा सीले गरेकी थिइन् ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्लनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमामान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने प्रचलन रहेको छ । जुन अद्यपि कायमै छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।