
गोर्खा – समाजवादी मोर्चा सम्बद्ध महिला नेतृहरुको सहभागितामा अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार गोर्खा जिल्ला सदरमुकाम गोर्खा बजारमा समाजवादी मोर्चा सम्बद्ध महिला संगठनहरुको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रियामा समाजवादी मोर्चा सम्बद्ध महिला संगठनका नेतृहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, नेकपा केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष भृकुटी सी, सचिव उषा सी, माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा महिला नेतृ भगवती तिवारी, एकीकृत समाजवादी पार्टीकी जिल्ला अध्यक्ष पवित्रा बराल, जनता समाजवादी पार्टीकी अध्यक्ष पार्वती गुरुङ, जिल्ला समन्वय उपप्रमुख लिला परियार लगायतका महिलाहरुको सहभागिता रहेको थियो ।
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा गोर्खा जिल्ला सेक्रेटरी माया सीको अध्यक्षता रहेको थियो भने एकीकृत समाजवादी पार्टीकी सचिव झाँक्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा गोर्खा जिल्ला इन्चार्ज कपिल सी, गोर्खा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमरल तमु, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेत लगायतका आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले समाजवादी मोर्चालाई फराकिलो बनाउँदै लैजानुपर्ने बताइन् । गोर्खा जिल्ला क्रान्तिकारी जिल्ला भएकाले समाजवादी मोर्चालाई शशक्त बनाउन यो जिल्लाका महिलाको भूमिका महत्वपूर्ण हुने धारणा राखिन् ।
कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष भृकुटी सीले समाजवादी मोर्चालाई शशक्त बनाउँदै समाजवादको यात्रामा महिलाहरु लामवद्ध हुनुपर्ने धारणा राखिन् । साथै उनले नेपालमा समाजवादी व्यवस्था स्थापना नभएसम्म महिलाहरुको मुक्ति सम्भव नभएको भन्दै समाजवादीका लागि महिलाले ठूलो संघर्ष गर्नुपर्ने बेला आएको बताइन् ।