३१ बैशाख २०८१, सोमबार

वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तर्क्रिया इनरुवामा सम्पन्न

0

इनरुवा / राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सुनसरीको इनरुवा नगरपालिकामा सम्पन्न भएको छ ।
आज कोशी ब्युरो अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो । नेकपा दक्षिण सुनसरी जिल्ला सेक्रेटरी जीवन सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य  त्रिलोक सी, अतिथिहरु नेकपा केन्द्रीय सदस्य प्रयास सी, जिल्ला इन्चार्ज डिवि सी, केन्द्रीय प्रतिनिधि सदस्यहरु नवराज सी, संग्राम सी, उमेश सी र अन्य मित्र पार्टीका नगर प्रमुख, गैरसरकारी संस्थाका जिल्ला अध्यक्ष मेघराज न्यौपानेसहितको उपस्थिति भएको कार्यक्रमको संचालन उत्तर सुनसरी सेक्रेटरी सुरस सीले गरेका थिए ।

नेकपाका जिल्ला इन्चार्ज डिवि सीले प्रस्तुत गरेको आधारपत्रमाथि विभिन्न पार्टीका प्रमुखहरुले टिप्पणी गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा पिबिएम त्रीलोक सीले अहिलेको समस्यको निकास भनेको नेपाली विशेषताको समाजवाद भएको बताए । उनलेे नेपालको वर्तमान राजनीतिक संकट आउनुको मुख्य कारण  दलाल पुजीवादी सत्ता
भएकाले यसको अन्त्य गरेर आजको नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने दायित्व भएकाले सबै वामपन्थी, कम्युनिस्टहरु, लोकतान्त्रिक गणतन्त्रवादीहरु, देशभक्त र समाजवादीहरु जुट्नुको विकल्प नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।