१२ बैशाख २०८१, बुधबार

कालो ब्यानर टासेर खबरदारी

बिश्वबिद्धालय मा निर्माणधिन अथिति आवास गृह भवन कम गुणस्तर भएको, भुकम्प प्रतिरोधात्मक नभएको

0

सुर्खेत, नेपाल कम्युनिस्ट पार्टी को भा्ति संगठन अखिल (क्रान्तिकारी) मध्य पश्चिम बिश्वबिद्धालय कमिटी सुर्खेत ले बिश्वबिद्धालय मा निर्माणधिन अथिति आवास गृह भवन कम गुणस्तर भएको, भुकम्प प्रतिरोधात्मक नभएको, भवनको बाहिरी बनावट कतै पनि नमिलेको, भवनमा कम गुणस्तर को काचो इट्टा प्रयोग गरेको र भवन निमार्ण सम्पन्न नहुदै ठाउँ ठाउँमा आएको भवनको पहिलो तल्ला देखि टप तल्ला सम्म दरार आएको ।

भवन यहि अबश्थामा पास गर्न नहुने भन्दै मुल ढोकामा कालो ब्यानर टासेर खबरदारी गरेको छ ।
बिश्वबिद्धालय मा भौतिक पूर्बाधार निमार्ण अन्तरगत नै अथिति आवास गृह को आबश्यकता को महसुस गर्दै भवन को निर्माण प्रक्रिया अगाडि बढाएको हो भवन को निर्माण केही बर्ष अगाडि बाट सुरु भएको हो ।

ति बेला हाम्रो पार्टी लाई राज्य ले प्रतिबन्ध लगाएको हुँदा बिश्वबिद्धालय मा खुला रुपमा पठनपाठन गर्न समेत असहज परिस्थिति भएको ले बिश्वबिद्धालय का हरेक गतिविधि को बिषयमा समय दिन सकिएन र बिश्वबिद्धालय प्रसाशन, भवन निमार्ण को जिम्मा लिएको कम्पनी लाई खबरदारी गर्ने हामिबाहेक अरु कोहि भएन । निमार्ण कम्पनी र बिश्वबिद्धालय को इन्जिनियर को चरम लापरबाही को कारण भवन मा समस्या देखियो ।

हाम्रो बिधार्थि संगठन ले समग्र बिश्वबिद्धालय समस्याको को बारेमा अध्यान गर्ने र समस्या देखिए पछि समस्याको समाधान गर्न बिश्वबिद्धालय प्रसाशन लाई ध्यानाकर्षण गर्ने सिलसिलामा अथिति आवास गृह को बिषयको सुरुवात भएको हो ।

सुरुवाति चरणमा हाम्रो संगठन ले भवन निर्माण कम्पनी को ईन्जिनियर संग छलफल गर्ने अनौपचारिक निर्णय भइसकेपछि इन्जिनियर संग इन्जिनियर को कार्यलय मा गई भवनमा यहाँनीर यो यो समस्या देखियो यस मा छलफल गनुपर्ने भयो भन्दै कार्यलय बाट बिदा भयौं ।

भोलि पल्ट बिश्वबिद्धालय को इन्जिनियर स्वयम् उपस्थिति भई भवनको संगै अनुगमन गर्ने र समस्या को पहिचान गर्ने भनेर हामी भवन स्थान मा पुगेर इन्जिनियर लाई सम्पर्क गर्दा मोबाइलमा अनेक बाहाना बाजि बनाए । 

कम्पनी को मालिक र केही अमुख ब्यतिलाई फोन गर्न लगाए र हामीलाई धम्की दिने र बजार का केही थान गुन्डा परिचालन गरियो । त्यसको बैचारिक रुपमा प्रतिबाध गर्दै हाम्रो संगठनले भवनको त्रुती हरुलाई बुँदागत गर्दै १५ बुँदे ज्ञापनपत्र प्रेस गरियो र भवन मा धेरै नै सुधार गर्नुपर्ने बिषय राखियो ।

बिगत ६ महिना देखि भवनको बिषय उठाउँदा अहिलेसम्म बिश्वबिद्धालय प्रसासन ले हामीलाई सम्पर्क गरेन र आर्थिक बर्ष सकिनै लाग्दा भवन आर्थिक चलखेल मा पास गर्ने सम्भावना देखिए पछि राज्यकोषको दुरुपयोग हुन नदिन र भबिस्यमा मानवीय क्षतिहुन बाट बचाउन अखिल (क्रान्तिकारी) मध्य पश्चिम बिश्वबिद्धालय कमिटी सुर्खेत ले कालो ब्यानर सहित खबरदारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।