१५ चैत्र २०८०, बिहीबार

पोखरामा चार दलको मसाल जुलुस सम्पन्न

राष्ट्रियतामाथिको शृङखलाबद्ध हस्तक्षेपका विरुद्ध अन्तिम श्वास रहँदासम्म लड्ने प्रतिबद्धता

0

पोखरा: नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय मोर्चाले नागरिकता बिधेयक, एमसीसी, एसपीपी बिरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् । पोखराको जेरो किमि मा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

पोखराको फिर्के पुलबाट सुरू भएको मसाल जुलुस जेरो किमि चोकमा पुगेर सम्पन्न गरिएको थियो । मसाल जुलुसमा एमसीसी मुर्दावाद, एसपीपी खारेज गर, नागरिकता बिधेयक खारेज गर, चार दलिय मोर्चा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद , नालायक सरकार मुर्दावाद लगायतका नाराहरू लगाइएका थिए ।

अमेरिकाले नेपालमा एमसीसी र एसपीपी मार्फत नेपाली आमाको छात्तीमा बुट प्रहार गर्नकै लागी विभिन्न रणनीति द्वार नेपालमा सैन्य बल भित्र्याउन प्रयास गरिरहेको भन्दै नेपाल आमाका राष्ट्र प्रेमी सन्तानहरुले यसको बिरोध निरन्तर गर्नुपर्ने वताएका थिए ।

आफ्नो पार्टी र आफुहरु राष्ट्रिय स्वाधिनता, राजनैतिक आर्थिक, जनजीविका सामाजिक सुरक्षा लगायतका समस्याहरू र हिन्द प्रशान्त रणनीति (IPS), (MCC) र (SPP) जस्ता ठुला राज्यले लाडेको राष्ट्रियतामाथीको शृङखलाबद्ध हस्तक्षेपका विरुद्ध अन्तिम सास रहँदा सम्म लड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।