२३ बैशाख २०८१, आईतवार

नेकपा महासचिव विप्लव आज पनि स्याउ रोप्न ब्यस्त

0

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी आज पनि स्याउ रोप्न व्यक्त देखिका छन । आज विहान ८ बजेबाट महासचिव विप्लव सहितको नेताहरुको टिम स्याउ रोप्ने कार्यमा जुटेको हो ।

जुम्लाको हिमा गाउँपालिकाको वडा नम्वर ७ हाडुल्लेमा शुक्रवार एक कार्यक्रमका बिच स्याउ रोपणको उद्घाटन गरेका विप्लव शनिवार पनि स्याउ रोप्नमा व्यस्त देखिएका छन ।

आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता कार्यकता र आत्मनिर्भर जनताको नारा अगाडि बढाएको नेकपा देशभर उत्पादनको काममा छ । नेकपाले गयको बर्ष देखि तराईका जिल्लाहरुमा धान,तोरी र तरकारी उत्पादन गर्दै आएको छ । नेकपाले पहाडी तथा हिमाली जिल्लाहरुमा फलफुल तथा जडिबुटी उत्पादन गर्ने योजना अनुरुप जुम्लाको हाडुल्लेमा स्याउ रोपिरेहेको बताएको छ ।

पार्टीका महासचिव विप्लव नै स्याउ रोप्ने कार्यमा व्यस्त देखिदा जुम्ली जनता भने निकै खुसी देखिएका छन । महासचिव विप्लवसंग पार्टीका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य आदर्श सी,असल सी केन्द्रीय सदस्यहरु स्याउ रोप्ने कार्यमा लागेका छन ।

आज बेलुका सम्म जुम्लामा स्याउ रोप्ने कार्यमा लाग्ने योजना बनाएका विप्लव भोलि कालिकोटको फोइमहावैमा स्याउ रोप्न जाने छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।