२३ बैशाख २०८१, आईतवार

समाजवादको आधार तयार पार्न उत्पादनमा क्रियाशिल छौः भरत सी

0

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले समाजवादको आधार तयार पार्न उत्पादनमा क्रियाशील भएको बताएका छन ।

जुम्लाको हाडुल्लेमा स्याउ रोप्न व्यक्त देखिका स्थायी समितिका सदस्य भरत सीसंग जनपत्रिकाले गरेको संक्षिप्त प्रतिक्रियामा उनले यस्तो कुरा बताएका हुन । उनले देशलाई आत्मनिर्भर बनाउने र आजको भूमण्डलीकृत पुँजीवादमा आत्मनिर्भसंगै अन्तर निर्भर बन्न उत्पादमा लागेको बताए ।

नेता भरत सीले भने ‘हामी देश र जनतालाई केन्द्रमा राखेर उत्पादनमा केन्द्रीत छौ,हामी नेपाली विशेषताको समाजवादका लागि क्रियाशिल छौ,त्यसको आधार तयार पार्न उत्पादनमा जोड दिईरहेका छौ । तर संसदवादी राजनीतिक पार्टीहरु एजेण्डा विहिन छन । दैनिक सरकार चलाउने र बदल्ने वाहेक केही काम छैन ।’

उनले संसदीय विकृत राजनीतिबाट वाक्कदिक्क भएको र निरास भएको जनतालाई एकहद सम्म नेकपाले आसा जगाउने काम गरिरहेका बताए । उनले भने ‘यो विकट मानिने वास्तविक कर्णालीको यो हिमालमा चढेर एउटा पाटीको प्रमुख, समाजवादी मोर्चाको संयोजक विप्लव नै आएर ऐतिहाशिक विशेष महत्व राख्ने गरी उत्पादनमा जोडिएका छौ ।’

उनले संसदवादी पार्टीका नेता र क्रान्तिकारी पार्टीको नेता विप्लव बिच तुलना नै गर्न नसकिने गरी फरक देखिएको बताउदै विप्लवबाट सबै नेताहरुले सिक्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।