८ बैशाख २०८१, शनिबार

संयुक्त मोर्चा मकवानपुरद्वारा हेटौंडामा मशाल जुलुससहित प्रदर्शन

0

मकवानपुर: संयुक्त मोर्चा संघर्ष समिति मकवानपुरको आयोजनामा हेटौंडामा आज मशाल जुलुस कार्यक्रम भएको छ । राष्ट्रघाती एमसीसी, आइपीएस, एसपीपी सम्झौता विरुद्ध मशाल जुलुस गरेको हो ।

साथै मोर्चाले नागरिकता विधेयकका राष्ट्रघाती प्रावधानहरु खारेज गर्न, महङ्गी, भ्रष्टाचार, कालाबजारी नियन्त्रण गर्न तथा राजबन्दीहरु रिहाइको समेत माग गरेको छ ।

साँझपख हेटौंडा चौकिटोलको लोकप्रिय चोकबाट निस्केको मशाल जुलुस बुद्धचोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज सन्देश पौडेलले विभिन्न राष्ट्रघाती सम्झौताहरु खारेज गर्नुका साथै नागरिकता विधेयकका राष्ट्रघाती प्रावधानहरु तत्काल खारेज गर्न जोड्दार माग गरेका छन् । खण्डित हुनबाट देशलाई बचाउन र राष्ट्रिय स्वाधीनतालाई जोगाउन पुलिस प्रशासन, पत्रकार, बुद्धिजीवी लगायत सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त शक्तिहरु एकजुट भइ संघर्षमा उत्रिन आव्हान गरेका छन् । त्यस्तै कार्यक्रम विभिन्न ६ दल दुई मोर्चा र एक बुद्धिजीवी संगठनको संयुक्त आयोजनामा भएको हो। बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा भएको उक्त कार्यक्रम बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म भएको छ। साँझ पाँच बजेपछि कोणसभा गरि कार्यक्रम समापन गरिएको थियो। कोणसभाको सम्बोधन गर्दै नेकपा माले मकवानपुरका जिल्ला सदस्य कृष्ण प्रसाद दाहालले मशाल जुलुस एउटा सानो झिल्को मात्रै भएको र यदि राष्ट्रघाती कदम फिर्ता नलिए देशमा आगो बल्ने कुरा यकिन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।