९ माघ २०८१, बुधबार

दामोदर पंगेनीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमितिसहित हरियाणामा घोषणा सभा सम्पन्न

0

दामोदर पंगेनीको अध्यक्ष, उपाध्यक्षद्वय विष्णु मल्ल र कृष्ण बोगटी, महासचिव लाल बहादुर कुँवर, सचिवहरु गेविन्द थापा र बिन्द बहादुर बमर कोषाध्यक्ष देवीप्रसाद काफ्लेसहितको ४५ सदस्यीय कार्यसमिति चयन गर्दै प्रवासी नेपाली जनसमाज भारतको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

प्रवासी नेपाली जनसमाज भारतको तेस्रो राष्ट्रिय सम्मेलनको घोषणा सभालाई हरियाणाको सोनीपथमा आइतबार सम्बोधन गर्दै नेकपाकी स्थायी समिति सदस्य शिलु सीले देशको आर्थिक स्थिति संकटपूर्ण सम्पन्न भएको, राजनीतिक अस्थिरता चुलिएको र त्यसको समाधान समाजवादी व्यवस्था भएको बताउँदै प्रवासमा रहेका नेपालीका समस्या क्रान्तिले मात्र गर्न सक्ने बताइन् । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी शिलुले जनयुद्धमा भारतमा रहेका प्रवासी नेपालीको ऐतिहासिक भूमिका रहेको स्मरण गर्दै अबको क्रान्तिमा पनि भूमिका खेल्न आव्हान गरिन् । कार्यक्रममा निवर्तमान अध्यक्ष आजाद से, सामना परिवारका संयोजक आरोह सी, अखिल (समाजवादी) का नेता सागर सी, भाइचारा पार्टीका अनिल, पूर्व केन्द्रीय सदस्य भिमकान्त अतिथि थिए । अतिथिहरुलाई नेता पुजा रानाले स्वागत गरेकी थिइन् । त्यसअघि सम्पन्न बन्दसत्रले २९ सदस्यीय वैकल्पिक सदस्इ र १३ सदस्यीय सल्लाहकार समिति चयन गरेको निवर्तमान आजाद सेनले भारत, हरियाणाबाट प्रेसित समाचारमा जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।