१५ बैशाख २०८१, शनिबार

जनयुद्धको उद्देश्य पुरा भएको छैन,एकपटक साथ दिनुहोस्ः भरत सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपाली जनयुद्धको उद्देश्य पुरा नभएको भन्दै एकपटक साथदिन अपिल गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको कुमालगाउँमा आयोजना गरेको बृहत जनसभा तथा युवा संगठन नेपालको चौथों जिल्ला सम्मेलनको संयूक्त उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै उनले जनयुद्धको उद्देश्य पुरा नभएकाले एकपटक आफ्नो पार्टीलाई साथ दिन अपिल गरेका हुन ।

उनले जनयुद्धको जोस र जाँगर जस्तै गरी कार्यक्रममा सहभागी भएकोमा उपस्थित सबै कालिकोटे जस्तालाई हार्दिक धन्यवाद पनि दिए ।
उनले देउडा गीतबाटै भने ‘जन्ताको जोश जाँगर हेर जनयुद्धका जसो,सम्झिदा आजभोलि हाम्लाई हुन्छ कसो,राम्राकन फुलका माला खरावकन मुसो,सबै मिलि झार्नुपर्छ देश लुट्नेको बोसो ।’

उनले अहिलेको व्यवस्था जनताको नभएको बताउदै जनताको व्यवस्थाका लागि नेपाली विशेषताको समाजवाद अनिवार्य भएको बताए ।
नेता भरत सीले सहिद परिवार र जनताको जीवनमा परिवर्तन नहुदासम्म क्रान्तिको बाटोमा लागि रहेने प्रतिवद्धता व्यक्त गरे ।

नेता भरत सीले भने ‘‘हामी सहिद परिवार,घाईते,बेपत्ता योद्धा, नेपाली जनता सबैको मुक्तिका लागि प्रतिवद्ध छौ,एकचोटी विप्लवलाई हरौं,अरु सबै राजनीतिक दलहरुलाई हेर्नु भयो, जनयुद्धमा साथ दिए जस्तै एकीकृत जनक्रान्तिमा साथ दिनुहोस ।’
उनले उत्पादनसंग जोडिएका पार्टी र नेता आफ्नो मात्रै भएको दावी गर्दै अरु पार्टी र नेता भन्दा आफ्नो पार्टी र नेतृत्व फरक भएको धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।