१६ बैशाख २०८१, आईतवार

जनता लुटेर खाने लुटेरा भ्रष्टाचारीलाई हिसाव किताव गछौंः दिनेश सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीको साहेक संगठन युवा संगठन नेपालका पाचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य दिनेश सीले नेपालमा जनतालाई लुटेर खाने लुटेरा भ्रष्टाचारीको निकै ठूलो हिसाब किताब गर्ने चेतावनी दिएका छन ।

बुधबार युवा संगठन नेपाल कालिकोट जिल्लाको चौथो जिल्ला सम्मेलनको उद्घाटन तथा नेकपा कालिकोटको संयुक्त बृहत जनसभामा बोल्दै उनले जनतालाई लुटेर खाने लुटेरा भ्रष्टाचारीको निकै ठूलो हिसाब किताब गर्ने चेतावनी दिएका हुन ।

उनले नरहरिनाथ गाउँपालिकाले अढाई करोडको भातमात्र खाएको समाचार आउनु चिन्ताजनक विषय भएको टिप्पणी गरे ।

उनले भने,‘यो नाङ्गो भष्टाचार अन्त्य गर्न आवश्यक छ, देशलाई नेपाली बिशेषताको समाजबाद लिन आवश्यक छ, त्यसैले युवाहरु एकतावद्ध हुनुपर्छ ।’ उनले युवाहरुलाई विदेश पठाउने दलाल ंसंसदीय व्यवस्थका विरुद्ध सबै बामपन्थी,क्रान्तिकारी कम्युनिष्ट,प्रगतिशी,देशभक्त शक्तिहरु एक हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।