१६ बैशाख २०८१, आईतवार

नेकपाका स्थायी कमिटी सदस्य अनिल सीद्वारा सी बहुउद्देश्यीय कृषि फर्मको अवलोकन

0

घोराही । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले पार्टीले दाङको घोराहीमा सञ्चालन गरेको उत्पादन कार्यको अवलोकन गर्नुभएको छ ।

पार्टीका प्रकाशन विभाग प्रमुखको भुमिका समेत रहनुभएका विरहीले आज बुधबार नेकपा पुर्वी दाङले सञ्चालन गरेको सी बहुउद्देश्यीय कृषि फर्ममा गरिएको उत्पादन कार्यको अवलोकन गर्नुभएको हो । 

दाङको घोराहीमा एक औपचारिक कार्यक्रमका लागि पुग्नुभएका विरहीले पार्टीको पुर्वी दाङ जिल्लाले करिब ६ बिघा जमिनमा लगाएको आलु खेतीको अवलोकन गरिएको नेकपाका राप्ती ब्युरो इन्चार्ज सविन सीले बताउनुभएको हो ।

फर्म अवलोकन गर्न पुग्नुभएका नेता विरही सहित जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्मालाई जिल्ला पार्टीका नेताकार्यकर्ताहरुले सम्मान गर्नुभएको थियो ।

फर्म अवलोकन पछि छोटो प्रतिक्रिया दिदै नेता विरहीले पार्टीको आत्मनिर्भरताको नीति अनुरुप जिल्लाले गरेको उत्पादन कार्यको प्रशंसा गर्नुभएको थियो ।

यो सराहनीय कार्य हो , उहाँले भन्नुभयो , ‘उत्पादनमा नजोडिएका नेताकार्यकर्ता आफ्नो नीति , सिद्धान्तमा टिक्न सक्दैनन् । कहिँ न कहिँ नेता आफ्नो अडान छोड्न बाध्य हुन्छ । पार्टीका नेताकार्यकर्ता उत्पादनमा जोडिएनन भने परनिर्भर बन्नुपर्छ त्यसैले भ्रष्टाचार हुने गरेको छ । हाम्रो पार्टीको नीति नै आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देशको परिकल्पना हो जो अहिले सबै जिल्लाको मेहनतले साकार हुने दिशामा गएको देखिन्छ ।’

फर्म अवलोकन कार्यमा नेकपाका केन्द्रीय सदस्य एवम पुर्वी दाङ इन्चार्ज सम्झना सी , नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सी , जिल्ला उत्पादन विभाग प्रमुख महान सी , युवा संगठन नेपाल पुर्वी दाङका अध्यक्ष पदम सी लगाएतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेकपा पुर्वी दाङले गत वर्षदेखि घोराही -१६ मा करिव ६ बिघा जमिन भाडामा लिएर उत्पादन कार्यलाई निरन्तरता दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।