१६ बैशाख २०८१, आईतवार

सी सपना त्रैमासिक पत्रिकाको विमोचन

0

घोराही । सी सपना त्रैमासिक पत्रिकाको विमोचन गरिएको छ । बुधबार घोराहीको निमाहलस्थित सर्वोदय पुस्तकालयमा एक कार्यक्रमका बीच सो पत्रिकाको विमोचन गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल शर्मा  विरहीले सी सपना त्रैमासिक पत्रिकाको विमोचन गर्नुभएको थियो ।

नवीन विचार , राजनीति , उत्पादन , संस्कृति , साहित्य , शिक्षा , स्वास्थ्य र प्रविधिय विमर्शको नविनतम नारासहित प्रकाशित गरिएको सी  सपना त्रैमासिक पत्रिकाको संरक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सी रहनुभएको छ भने  पत्रिकाको प्रकाशक  पार्टीकी केन्द्रीय सदस्य सम्झना सी रहनुभएको छ ।

त्यस्तैगरी पत्रिकाको सम्पादक मण्डलमा हेमन्तप्रकाश वली, जंग रेउले र टीका शर्मा रहनुभएको छ भने पत्रिकाको व्यवस्थापकमा पार्टीका राप्तीब्यूरो कार्यालय सचिव विकास सी रहनुभएको छ ।

सी सपना त्रैमासिक पत्रिकाको कार्यालय भने घोराही -१६  मा रहनेछ ।  हरेक तीन/तीन महिनामा प्रकाशन हुने  पत्रिकाले पार्टीको  विचारलाई स्थान दिनेछ । 

पत्रिका विमोचन कार्यक्रममा  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सी, नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद शर्मा,  प्रेस स्वतन्त्रता सेनानी तथा सर्वोदय पुस्तकालय दाङका अध्यक्ष सुशील गौतम, प्रएस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,  प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रीयासन, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य लक्ष्मी आचार्य लगायत जिल्लाका संघ/ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।