१७ बैशाख २०८१, सोमबार

युवा संगठन नेपाल सिन्धुलीकाे जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा राजन सी

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सिन्धुलीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार पश्चिम् जनकपुर ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य जुझारु सीको प्रमुख अथित्यतामा १५ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो। 

सोमबार सम्पन्न सम्मेलनमा पश्चिम् सिन्धुलीका इन्चार्ज शशी सी,  जिल्ला सेक्रटी जनक सी पश्चिम जनकपुर ब्युरो इन्चार्ज रवि सीको विशेष आतिथ्यता रहेको थियो । 

सम्मेलनले  राजन सीको नेतृत्वमा पछि ४ जना थप्नेगरी १५ सदस्यीय जिल्ला समिती  गठन गरेको छ, संगठनको अध्यक्षमा  राजन सी,  उपाध्यक्षमा  यन्जल सी,  सचिवमा राजिब सीलाई जिम्मेवारी तोकेको छ । त्यस्तै जिल्ला कार्यसमिति सदस्यहरुमा  ज्ञान सी, राम सी,  हिरा सी,  कृष्ण सी,  कुमार सी, भरत सी,र रवि सी रहेका छन्। 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।