 
                काठमाडौँ/ युवा संगठन नेपालको महोत्तरीकाे दाेस्राे जिल्ला भेला सम्पन्न भएको छ । युवा संगठन नेपाल महोत्तरीकाे दाेस्राे जिल्ला भेला यही चैत ३ गते पश्चिम् जनकपुर ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य जुझारु सीको प्रमुख अतिथ्यतामा १३ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्पन्न भएको हो ।
आइतबार महोत्तरीमा सम्पन्न दाेस्राे जिल्ला भेलामा शशी सी, महोत्तरी जिल्ला सेक्रेटरी राजन सी, पूर्वी जनकपुर ब्युरो इन्चार्ज मनोज सी, पश्चिम जनकपुर ब्युरो इन्चार्ज रवि सीको विशेष आतिथ्यता रहेको थियो ।
सम्मेलनले मुकेश सीको नेतृत्वमा पछि २ जना थप्नेगरी सदस्यीय जिल्ला समिति गठन गरेको छ।
सम्मेलनले अध्यक्ष मुकेश सी उपाध्यक्ष रीतिक सी, सचिव राहुल सी, कोसाध्यक्षमा पुष्पा सीलाई जिम्मेवारी दिएको छ। त्यस्तै कार्यसमिति सदस्यहरुमा निसान सी, कमल सी, रोशन सी, सुशान्त सी, क्षितिज सी, मन्दिप सी र सन्तोश सी रहेका छन्।




