३ जेष्ठ २०८१, बिहीबार

नेकपा केन्द्रिय उत्पादन शाखा माडीद्वारा चैते धान रोपाइँ

0

चितवन । नेपाल कम्युनिस्ट केन्द्रिय उत्पादन शाखा माडीले ५ बिघा खेतमा धान रोपाइँ सुरु गरेको छ । पार्टीले “चैते ५”धान धान लगाएको छ।
हिजो बाउसे गर्ने,बीउ काड्ने जस्ता काम गरेको पार्टीले आज खेत रोपाइँको उद्घाटन गरेको हो । रोपाइँको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा तथा केन्द्रिय उत्पादन शाखा माडी इन्चार्ज सन्देश सीले गरे ।
आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टी सामूहिक उत्पादनमा जोडिएको पार्टीले यतिबेला देशैभरी विभिन्न खेतिहरु लगायर बाँझो जमिनमा काम गरिरहेको छ।
धान रोपाइँमा नेकपा पुर्वी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य उत्सव सी, नेकपा पश्चिम जिल्ला चितवनका सेक्रेटरी तथा अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सी, केन्द्रिय उत्पादन शाखा माडी सेक्रेटरी क्रान्ति सी, माडी नगर इन्चार्ज टीका सी, सेक्रेटरी आशिक सी लगायत पार्टीका नेताकार्यकर्ता तथा स्थानीयहरुको आज बिहानैदेखि खेतमा उत्साहित भएर काम गरिरहेका छन् । करिव २५ जना पार्टी नेता कार्यकर्तासहित स्थानीय गरि करिव ५० जनाको सहभागितामा रोपाइँ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।