१६ बैशाख २०८१, आईतवार

समाजवादी माेर्चा यसरी सल्यानका गाउँगाउँमा पुग्याे

0

सल्यान/ नेपालमा सबैभन्दा लाेकप्रिय र भन्नलाई सजिलो कुन शब्द छ भने त्यो हाे समाजवाद । समाजवाद आजको नेपालका मानिसहरुकाे सबैभन्दा प्रिय शब्द हाे। नेपालको राजनीतिक कर्ममा लाग्नेहरुले त झन् सबैभन्दा बढी प्रयोग गर्ने शब्द नै यही समाजवाद हाे । याे देशमा हँसियाहथौडा अंकित झण्डा बाेक्ने कम्युनिस्टहरुले जन्मजात रुपमा र विपी काेइराला नेपाली काँग्रेसकाे नेतृत्वमा पुगेको समयमा काँग्रेसले समेत कुनै न कुनै रुपकाे समाजवादकाे नारा भट्याउने गरेको इतिहास छ ।
समाजवादबारे नेपालमा व्यापक बहस र छलफल पनि हुने गरेको छ । समाजवादकाे लागि याे देशमा धेरै आन्दोलन, क्रान्ति र घटनाक्रमहरु भए । पुँजिवादकाे चपेटामा परेर अलि मत्थर हुन लागेको समाजवादकाे बहसलाई एकीकृत जनक्रान्तिकाे कार्यदिशाले अहिले अझ मुखरित गरेको छ । अहिले नेपालमा समाजवादकाे नाममा विभिन्न पार्टी, संगठन र माेर्चाहरु बन्ने काम भइरहेको छ । यस क्रममा महासचिव कमरेड विप्लव सीले नेतृत्व गर्नु भएको नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा हाल प्रधानमन्त्री समेत रहनु भएका कमरेड पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गर्नु भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र उपेन्द्र यादवले नेतृत्व गर्नु भएको जनता समाजवादी पार्टीहरुकाे बिचमा नेपालमा समाजवाद ल्याउने र लागू गर्ने भनेर समाजवादी माेर्चा बनेको छ। साे समाजवादी माेर्चा २०८० असार ३ गते राजधानी काठमाडौंमा घाेषणा भएको हाे ।
चार वामपन्थी तथा कम्युनिस्ट पार्टीहरुकाे बिचमा समाजवादी माेर्चा बनेपछि नेपालमा फेरि एकपटक समाजवाद व्यापक चर्चा र चासोको बिषय बनेको छ। समाजवादी माेर्चा अहिले प्रदेश हुँदै स्थानीय तहमा समेत घाेषणा भएकाे छ। गत भदौ १४ गते (३१ अगस्त २०२४) कर्णाली प्रदेशको समाजवादी माेर्चा प्रदेश राजधानी सुर्खेतमा घाेषणा भयो । अलिकति ढिला जस्तो गरेर सल्यानमा समाजवादी माेर्चा २०८० फागुन १३ गते घाेषणा भयो । माेर्चामा आवद्ध सल्यानमा क्रियाशील पार्टीहरुले सल्यान खलंगामा समाजवादी माेर्चा घाेषणा गरे । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मिलेर सल्यानमा जिल्लास्तरिय समाजवादी माेर्चा घाेषणा गरेका हुन् ।
समाजवादी माेर्चा केन्द्रमा भएको सहमति, ‘चक्रिय रुपमा चार/चार महिना माेर्चामा सम्वद्व घटकहरुले माेर्चाकाे नेतृत्व गर्ने’ अनुसार पहिलो चरणमा सल्यानमा यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गर्ने समझदारी अनुसार साे पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयाेजक कृति बहादुर पुन ‘प्रकाण्डसिंह’ सल्यानकाे समाजवादी माेर्चाकाे संयाेजक हुनुभयो ।

समाजवादी माेर्चाकाे जिल्लास्तरिय संयाेजन समितिमा नेकपा (माओवादी केन्द्र) बाट  कर्णाली प्रदेश समिति सदस्य मान बहादुर मल्ल ‘संघर्ष’, नेपाल कम्युनिस्ट पार्टीबाट केन्द्रीय सदस्य तथा दक्षिण सल्यान जिल्ला इन्चार्ज तेज बहादुर खड्का ‘अनिल सी’ र जिल्ला सचिव मदन सी र नेकपा (एकीकृत समाजवादी) बाट केन्द्रीय परिषद सदस्य तथा जिल्ला अध्यक्ष हरि केसी र जिल्ला सचिव रमेश गाैतम रहनु भयो । साे समितिले मदन सीलाई सदस्य सचिव बनाउने निर्णय गर्याे।
जिल्लास्तरीय समाजवादी माेर्चा घाेषणाकै दिन जिल्लाका १० वटै पालिकामा माेर्चाकाे संयाेजन समिति निर्माण गर्ने कार्यक्रम अभियानात्मक रुपमा घाेषणा गरियो । पालिकाहरुमा माेर्चाकाे संयाेजन समिति घाेषणा गर्ने मिति र कुन पालिकामा माेर्चाका घटकहरुमध्ये कसले संयाेजन समितिकाे पहिलो चरणमा नेतृत्व गर्ने भन्ने बिषयमा माेर्चामा सामेल घटकहरुबिच एकप्रकारकाे सहमति बन्यो । जस अनुसार नेपाल कम्युनिस्ट पार्टीले जिल्लाका बागचाैर नगर पालिका, दार्मा गाउँ पालिका र त्रिवेणी गाउँ पालिकामा पहिलो तरणमा माेर्चाकाे नेतृत्व गर्ने सहमति बन्यो । पार्टीहरुकाे सहमति अनुसार नेकपा (माओवादी केन्द्र) ले कुमाख गाउँ पालिका, सिद्ध कुमाख गाउँ पालिका, छत्रश्वरि र कपुरकाेट गाउँ पालिकामा माेर्चाकाे पहिलो चरणको नेतृत्व गर्ने भयो । नेकपा (एकीकृत समाजवादी) कालिमाटी गाउँ पालिका, वनगाढ कुपिण्डे नगर पालिका र शारदा नगर पालिकामा पहिलो चरणमा माेर्चाकाे नेतृत्व गर्ने भयो ।
जिल्लामा कृयाशील पार्टीहरु अब अभियानकाे रुपमा पालिकास्तरिय माेर्चा घाेषणा गर्न मुभ भए । सर्वप्रथम कालिमाटी गाउँ पालिकामा फागुन २१ गते एक कार्यक्रम गरेर समाजवादी माेर्चा घाेषणा गरियो । साे पालिकामा नेकपा (एकीकृत समाजवादी) का टेकमान वली संयाेजक रहेको कालिमाटी गाउँ पालिका समाजवादी माेर्चा संयाेजन समिति घाेषणा भयो । साे समितिमा एकीकृत समाजवादीबाट मान बहादुर घर्ती,नेपाल कम्युनिस्ट पार्टीबाट पुर्ण बहादुर डाँगी (विज्ञान सी) र ददिराम राना(ददिराम सी), नेकपा (माओवादी केन्द्र)बाट भाेला प्रसाद खत्री र शालिकराम भट्टराई सदस्य रहनु भयो । त्यस्तै त्रिवेणी गाउँ पालिकामा फागुन २२ गते लुहाम बजारमा एक कार्यक्रम गरेर समाजवादी मार्चा घाेषणा गरियो । साे पालिकाकाे समाजवादी माेर्चा संयाेजन समितिकाे संयाेजक नेपाल कम्युनिस्ट पार्टीका प्रेम बुढा अर्थात प्रेम सी रहनु भयो । नेकपाबाट धन बहादुर बिष्ट ‘धन बहादुर सी’, नेकपा (एकीकृत समाजवादी) बाट कुल बहादुर भण्डारी र पवित्रा के.सि., नेकपा (माओवादी केन्द्र) बाट नेत्र पुन र देवि राना सदस्य रहनु भयो ।
कपुरकाेट बजारमा अर्काे कार्यक्रम आयोजना गरेर कपुरकाेट गाउँ पालिकास्तरिय माेर्चा संयाेजन समिति फागुन २३ गते घाेषणा गरियो ।जसको संयाेजकमा नेकपा (माओवादी केन्द्र) बाट प्रकाश भण्डारी रहनु भयो भने साे पार्टीबाट पदम कार्की, नेपाल कम्युनिस्ट पार्टीबाट वीरबहादुर बि.क.’वीर बहादुर सी’ र नरेश राना ‘नरेश सी’ र नेकपा (एकीकृत समाजवादी) बाट तिलक शर्मा र हेरम बुढाथोकी सदस्य रहनु भयो । फागुन २६ गते सिद्ध कुमाख गाउँ पालिकाकाे ढाेरचाैर बजारमा एक कार्यक्रम आयाेजना गरेर माेर्चा घाेषणा गरियो । साे पालिकास्तरिय माेर्चाकाे नेतृत्व नेकपा (माओवादी केन्द्र) का दिल बहादुर बाेहरा ‘बिहानी’ले गर्नु भयो । समितिमा माओवादी केन्द्रका दिलमाया बस्नेत,नेपाल कम्युनिस्ट पार्टीबाट गाेबिन्द चलाउने ‘गाेबिन्द सी’ र प्रेम भण्डारी ‘प्रेम सी’, नेकपा (एकीकृत समाजवादी)बाट तारा गिरि र मनबिर बस्नेत सदस्य रहनु भयो । मनबिर बस्नेतलाई साे समितिले सदस्य सचिव बनायो ।
फागुन २७ गते जिल्लाकाे बागचाैर बजारमा एक कार्यक्रम गरेर बागचाैर नगरस्तरीय समाजवादी माेर्चा घाेषणा गरियो । साे पालिकामा नेकपाका टाेप बहादुर वली अर्थात टाेप बहादुर सीकाे नेतृत्वमा माेर्चा संयाेजन समिति बन्यो । समितिमा नेकपाबाट रेम्बाे सी, नेकपा (माओवादी केन्द्र) बाट शाेभाराम भण्डारी र गणेश बुढाथोकी, नेकपा (एकीकृत समाजवादी) बाट प्रेम बहादुर डाँगी र डम्बर भण्डारी सदस्य रहनु भयो । साे समितिले प्रेम बहादुर डाँगिलाई सदस्य सचिव बनायो । समाजवादी माेर्चा घाेषणा गर्न खटिएको जिल्लाकाे टाेलि फागुन २८ गते दार्मा गाउँ पालिकामा पुग्यो । साे पालिकाकाे फारुला बजारमा एक कार्यक्रम गरेर माेर्चा घाेषणा गरियो । साे पालिकाकाे माेर्चा संयाेजन समितिकाे नेतृत्व दल बहादुर सी (मेसि) ले गर्नु भयो । साे समितिमा नेकपाबाट प्रेम प्रकाश सी, नेकपा (एकीकृत समाजवादी) बाट यज्ञ चन्द र दल बहादुर के.सि., नेकपा (माओवादी केन्द्र) बाट दुर्गा मल्ल र टाेपेन्द्र मल्ल सदस्य रहनु भयो । कुमाख गाउँ पालिकामा फागुन २९ गते समाजवादी माेर्चा घाेषणा गरियो । रागेचाैर बजारमा एक कार्यक्रम गरेर घाेषणा गरिएको साे माेर्चा संयाेजन समितिकाे नेतृत्व नेकपा (माओवादी केन्द्र) बाट डिल्ली रानाले गर्नु भयो । समितिमा माओवादी केन्द्रबाट अकबर बाेहरा, नेपाल कम्युनिस्ट पार्टीबाट जीतेन्द्र सी र एकेन्द्र सी र नेकपा (एकीकृत समाजवादी) बाट शेर बहादुर रावत र तिलक के.सि. सदस्य रहनु भयो ।
फागुन ३० गते वनगाढ कुपिण्डे नगर पालिकाकाे देवस्थलमा एक कार्यक्रम आयाेजना गरेर माेर्चाकाे नगर संयाेजन समिति घाेषणा गरियो । घाेषित संयाेजन समितिकाे संयाेजकमा नेकपा (एकीकृत समाजवादी) का गणेश बि.सी. रहनु भयो । समितिमा एकीकृत समाजवादीबाट टाेप बहादुर बिष्ट, नेपाल कम्युनिस्ट पार्टीबाट कालुराम सी र खुमलाल सी र नेकपा (माओवादी केन्द्र) दुर्गा बुढाथोकी र जीवन सिंह ठकुरी रहनु भयो । साे समितिले दुर्गा बुढाथोकीलाई सदस्य सचिव बनायो ।
जिल्ला सदरमुकाम समेत रहेको शारदा नगर पालिकामा समाजवादी माेर्चाकाे घाेषणा चैत १ गते गरियो । श्रीनर बजारमा आयाेजना गरिएको माेर्चा घाेषणा कार्यक्रममा घाेषित माेर्चाकाे संयाेजन समितिमा नेकपा (एकीकृत समाजवादी) का हेमेन्द्र बुढाथोकी संयाेजक रहनु भयो भने एकीकृत समाजवादीका नवराज बुढाथोकी, नेकपाबाट प्रकाश गिरि, सुरेन्द्र परियार, नेकपा (माओवादी केन्द्र) बाट माेहनलाल बुढाथोकी र पुष्कर बस्नेत सदस्य रहनु भयो । साे समितिले प्रकाश गिरिलाई सदस्य सचिव बनायो । चैत २ गते छत्रेश्वरि गाउँ पालिका स्तरीय माेर्चा संयाेजन समिति घाेषणा गरियो । लान्ती बजारमा एक कार्यक्रम आयाेजना गरि घाेषणा गरिएको साे समितिमा नेकपा (माओवादी केन्द्र) बाट हिमाल यात्री संयाेजक रहनु भयो भने माओवादी केन्द्रबाट प्रेम पहाडी, नेपाल कम्युनिस्ट पार्टीबाट तारा प्रसाद वली र शेर बहादुर खडका, नेकपा (एकीकृत समाजवादी) बाट ओम कुमारी बि. क. र गाेबिन्द के.सि. सदस्य रहनु भयो ।
सल्यान जिल्लाका पालिकास्तरमा समाजवादी माेर्चा घाेषणा कार्यक्रमहरुमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य, पुर्वमन्त्री टेक बहादुर बस्नेत, नेपाल कम्युनिस्ट पार्टी पाेलिटव्युराे सदस्य आधार सी, समाजवादी माेर्चाका जिल्ला संयाेजक तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला संयाेजक कृति बहादुर पुन ‘प्रकाण्डसिंह’, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तेज बहादुर खडका ‘अनिल सी’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय परिषद सदस्य तथा जिल्ला अध्यक्ष हरि के.सि., नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला इन्चार्ज भीमसेन सी अर्थात भीम भारती, एकीकृत समाजवादीका जिल्ला सचिव रमेश गाैतम र नेकपाका जिल्ला सचिव मदन सी लगायत नेताहरुले शुभकामना सहित माेर्चाकाे औचित्यबारे आफ्ना भनाइहरु व्यक्त गर्नु भएको थियोे ।
यसरी पालिकास्तरमा घाेषणा गर्ने सल्यान जिल्ला पहिलो भएको भन्दै मार्चामा सामेल यश जिल्लामा क्रियाशील तीनपार्टीहरु, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का कार्यकर्ता, जनता तथा शुभ चिन्तकहरुले माेर्चालाई निरन्तरता दिनुकाे साथै माेर्चा मार्फत नेपालमा छिटोभन्दा छिटो समाजवाद स्थापना गर्न सुझाव दिएका छन् ।
नेता, कार्यकर्ता, जनता, शुभचिन्तक तथा बुद्धिजीवीहरुले दिएको सल्लाह र सुझावलाई शिराेपर गर्दै याे देशमा समाजवादी माेर्चा मार्फत नेपाली विशेषताकाे समाजवाद स्थापना गर्नु पर्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।