२८ बैशाख २०८१, शुक्रबार

झापाको विर्तामोडमा जनपत्रकार संगठन नेपालको आयोजनामा अन्तरक्रिया हुदै

0

विराटनगर । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिको आयोजनामा झापाको विर्तामोडमा शनिवार (भोलि)अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
संगठनले ‘वर्तमान आर्थिक–राजनीतिक सङ्कट र आम–सञ्चारमा यसको दुष्प्रभाव’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

उद्योग वाणिज्य संघ विर्तामोडको सभाकक्षमा हुने अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य प्रविण अधिकारीले जानकारी दिएका छन ।

कार्यक्रममा विभिन्न पत्रकार संघ संगठनका प्रतिनिधि, बुद्धिजीवी बौद्धिक व्यक्तित्व,मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगी, व्यवसायीहरुलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेकपाका स्थायी समिति सदस्य अनिल सी,बक्ताको रुपमा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माको सहभागिता रहने जनपत्रकार संगठनले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख बक्ताको रुपमा सहभागी हुने नेता अनिल सीले ‘वर्तमान आर्थिक–राजनीतिक सङ्कट र संचारमा यसको दुष्प्रभाव’ शिर्षकको अवधारणा पत्र प्रस्तुत गर्ने छन ।

कार्यक्रममा त्यसमाथि वक्ताहरुले टिका टिप्पणी गर्दै आ–आफ्नो धारणा सहित सुझावहरु प्रस्तुत गर्नेछन । कार्यक्रमको व्यवस्थापन नेकपा झापाले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।