३ जेष्ठ २०८१, बिहीबार

श्रमिक समुदाय मोर्चा नेपाल मध्य चितवनको सम्मेलन सम्पन्न

0

चितवन/ नेपाल कम्युनिस्ट पार्टी समर्थित श्रमिक समुदाय मोर्चा नेपाल मध्य चितवनको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। जिल्लाको भरतपुर महानगरपालिका वडा न ६ देवनगरमा बुधबार सम्मेलन सम्पन्न भएको हो।

सम्मेलनले अमृत सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ।सम्मेलनको प्रमुख अतिथिको नेकपा
नेकपा पोलिटब्युरो सदस्य  एवं ब्यूरो इन्चार्ज एटम सीले निर्वाचित समितिको कार्यकालको शुभकामना दिदै नेपाली क्रान्तिका लागि रास्ट्रीय र अन्तरास्ट्रिय परिस्थिति अनुकुल बन्दै गएको र नेपाली बिषेसताको समाजवाद स्थापना गरेर मुलुकमा विद्यमान सामाजिक सांस्कृतिक उत्पीडनको अन्त्य गर्नुपर्ने बताए।

त्यस्तै विशेष अतिथिको रूपमा सहभागी  श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले जात व्यवस्थामा आधारित अहिलेको व्यवस्थाको विकल्पमा सी समुदाय निर्माण गरेर नै विभेद र छुवाछूत जस्तो अमानवीय मान्यताको अन्त्य गर्न सकिने प्रस्ताव आफुहरुले पेश गरेको भन्दै सी जातिको निर्माण र बिकासको दिशामा अगाडि बढ्नुको विकल्प नभएको बताए।

कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज  रुद्र सी, जिल्ला सचिव भरत सी, मोर्चा केन्द्रीय सचिवालय सदस्य एवं ब्यूरो इन्चार्ज धर्म सी,नेकपा नगर इन्चार्ज  शिशिर सी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सल्लाहकार  कृष्ण सी, मोर्चा जिल्ला पूर्वअध्यक्ष मानबहादुर सीको समेत आतिथ्यता रहेको थियो।

सामाजिक विभेद र असमानता विरुद्ध जागरण पैदा गर्ने उदेश्यले रोचक गीत एवं नृत्य प्रस्तुत गरिएको कार्यक्रममा अर्जुन सीले मन्तव्यद्वारा स्वागत गरेका थिए भने प्रेमसागर सीले सम्मेलनको सञ्चालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।