२० बैशाख २०८१, बिहीबार

अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको अध्यक्षमा मिलन सी

0

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको आठौं जिल्ला सम्मेलन पोखरामा सम्पन्न भएको छ । ३५ औं जनआन्दोलन दिवसको सन्दर्भ पारेर सम्पन्न भएको सम्मेलनको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै महासङ्घका महासचिव टेक प्रधानले आगामी वैशाख १९ मा हुन गैरहेको राष्ट्रिय सम्मेलनको तयारीमा सिङ्गो सङ्गठन लागिरहेकोले आम मजदुरको आवाज बोक्ने संगठनको सम्मेलन तायारीमा लाग्नु पर्ने बताए । कास्कीको मजदुर आन्दोलनले अब नयाँ सन्देश दिन सफल हुने विश्वास समेत व्यक्त गरे ।

सम्मेलनमा पार्टी केन्द्रीय सदस्य उभार, जिल्ला इन्चार्ज काजी, सेक्रेटरी परिवर्तन, मजदुर नेताहरु सन्तोष, शिव र सागरले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनले मिलन सीको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति र ७ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्ष गौमती सी, सुरज सी, तुलसा सी त्यस्तै सचिवमा राजु सी, सहसचिवमा अर्जुन सी र कोषाध्यक्षमा बिमल सी निर्वाचित भएका छन् । कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय सदस्य सीता सी र सञ्चालन राजु सीले गरेका थिए भने प्यानल प्रस्ताव सन्तोष सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।