२२ बैशाख २०८१, शनिबार

बुटवलमा भएको अन्तरक्रियामा समाजवादलाई साझा मुद्धा बनाउनु पर्नेमा जोड

0

बुटवल – वर्तमान राजनीतिक आर्थिक, संकट र त्यसमा संचारको प्रभाव विषयक अन्तर्कृया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । बिहीबार जनप्रचार तथा प्रकाशन प्रा.लि.द्वारा आयोजित वर्तमान राजनीतिक आर्थिक, संकट र त्यसमा संचारको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।
अन्तर्कृयामा आर्थिक राजनीतिक, उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल तथा सम्बद्ध पत्रकार, बुद्धिजीवि, समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता अनि नेकपाका केन्द्रिय सदस्य सन्जिव सीको अध्यक्षतामा सम्पन्न अन्तर्कृयाको संचालन प्रकाशन विभागका जिम्मेवार सदस्य तथा जनपत्रिका मासिकका प्रधान सम्पादक प्रकाश डुम्रेले गरेका थिए । नेकपाका स्थायी समिति सदस्यले प्रस्तुत अवधारणा पत्रमाथि केन्द्रित रहेर विभिन्न सेक्टरबाट प्रतिनिधित्व गरेका अतिथि वक्ताहरूले आफ्नो धारणा राखेका थिए ।

अवधारणा पत्रमाथि आफ्नो टिप्पणी राख्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका महासचिव विक्रम खड्काले अन्तर्कृयाको विषय निकै सान्दर्भिक एवं पेचिलो भएको बताए ।
उनले भने,”विशेषगरी कोभिडपछि नेपालका संचार माध्यमहरुमा गम्भीर संकट देखिएको छ र साना स्वरोजगार मिडियाहरु धरासायी बनेका छन् । केही जेनतेन चलिरहेका मिडियाहरु पनि सत्ताको वरिपरी भएका पार्टीका नेताहरुबाट भनसुनबाट चल्ने भएकाले आफू सम्वद्ध पार्टीको भजन गाउने काम मात्र मिडियाबाट भैरहेको छ ।”
उनले आर्थिक संकटले संचार माध्यममा पारेको विषयमा केन्द्रित हुँदै प्रेस काउन्सिलले नियमन मात्र होइन स्तर बृद्धिका लागि भुमिका खेले केही संकट हल हुने बताए।
उनले थपे,”काउन्सिल नियमन मात्र गर्न खोज्छ मिडियाको स्तर बृद्धिमा केन्द्रिय हुँदैन यसबाट पनि मिडियाम केही नकारात्मक प्रभाव छ ।”
खड्काले पत्रकार महासंघलाई सम्पूर्ण पत्रकारहरूको छाताको रुपमा हेर्दा यो एक किसिमको सरकार भएको तर अरु प्रतिपक्षमा हुँदा सबैको साझा हुनुपर्ने र हुँदै गएको बताए ।
उनले पत्रकारहरुको स्थिति दयनीय छ न्युनतम पारिश्रमिक होस् या पेशागत सुरक्षाका विषय होस् दलिय स्वार्थ भन्दा माथी उठेर स्वरोजगार मिडियालाई टिकाउन प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले सूचनाको सम्पूर्ण अधिकार हामीसङ्ग नभएको र सबै सोसल मिडिया साम्राज्यवादको कब्जामा रहेकाले जतिखेर पनि नेपाली मिडियामाथि हमला हुन सक्ने बताए ।
सबैभन्दा बढी जनअवाज जनजीविकाका विषय साना स्वरोजगार मिडियाले उठाउछन् तर तिनै सबैभन्दा बढी धरासायी भएकोमा चिन्ता व्यक्त गरे ।
त्यस्तै बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सुरज भट्टराईले अवधारणा पत्रमा समेटिएका सबै विषयवस्तु समय सान्दर्भिक भएको बताए ।
उनले भने अवधारणा पत्रमा उल्लेख भएका गहकिला विषयमा टिप्पणी गर्न आफुभन्दा दिग्गज व्यक्तित्वहरु भएकाले आफू सम्वद्द व्यवसाय र आर्थिक संकटमा मात्र कुरा राख्छु ।”
उनले निरंकुशता र दलिय सिन्डिकेट पत्रकार महासंघमा मात्र नभएर नेपालका सबै संस्थाहरुमा भएको दाबी गरे ।”
उनले भने,”मिडिया चलाउन सरकारले जिम्मा लिनु पर्छ प्राइभेट सेक्टरको भरमा मिडिया कहिलेसम्म चल्छ आर्थिक संकट एउटा पाटो भयो तर सरकारको सही मिडिया नीति नहुँदा यो समस्या पैदा भएको हो यसमा सरकार बढी जिम्मेवार छ वर्तमान व्यवस्था जिम्मेवार छ ।”
त्यस्तै प्रेस सेन्टर नेपाकका रुपन्देही अध्यक्ष बिष्णु पोखरेलले कोभिडपछि नेपाल संचार जगतमा सबैभन्दा बढी प्रभाव परेको बताए ।
उनले भने,” कोभिडका कारण नेपालका मिडियाहरुमा ठूलो प्रभाव पर्यो साना स्वरोजगार मिडियाहरु त बन्दै हुने स्थितिमा पुगे केही मूलधारका मिडियाहरु पनि आफ्ना कर्मचारी पत्रकारहरुलाई न्युनतम पारिश्रमिक दिन नसकेर बदनाम भए केही दक्ष पत्रकारहरुले त पलाएनकै बाटो रोज्नुपर्यो । यसो हुनुमा कोभिड त एउटा कारण भयो तर समस्या राज्यकै मिडिया नीतिमा छ ।”
यसको समाधान यो व्यवस्थाबाट सम्भव छैन समाजवाद अपरिहार्य छ ।”
त्यस्तै प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले अवधारणा पत्रमा औल्याइएका आर्थिक, राजनीतिक संकटले सञ्चार माध्याममा पारेका प्रभावबारे आफू सहमत भएको बताए । उनले भने,” म अवधारणा पत्रकारसँग पूर्ण सहमत छु तर विषय उठाएर मात्र हुँदैन त्यसको निकास पनि दिनसक्नु पर्छ । हाम्रो संगठन र जनपत्रकार संगठनले उठाएका जनपक्षिय मुद्धामा सदा सहकार्य गर्न तयार छ र गर्दै पनि आइरहेको छ ।
त्यस्तै बिबिसीका मध्य पूर्वका प्रमुख सम्वाददाता माधव नेपालले मिडिया चलाउन अरुको भर पर्नाले संचार माध्यामहरुमा संकट आएको बताए ।
जबसम्म हामी भाग खोज्छौँ अरुको भर पर्न थाल्छौँ हामी स्वतन्त्र हुन सक्दैनौँ हाम्रा मिडिया स्वतन्त्र हुन सक्दैनन् ।”
उनले अहिले विज्ञान प्रविधिको युगमा मिडियाहरु स्वतन्त्र रुपमा जहाँ बसेर पनि चलाउन सकिने भएकाले म नेपालकै मिडिया हो भन्नू पर्ने अवस्था नभएको बताए । उनले भने अहिले देशका सबै क्षेत्र संकट्ग्रस्त छन् विशेषगरी व्यापारिक, औद्योगिक क्षेत्रमा चरम सङ्कट छ । मिडियाहरु पनि यहि सेक्टरमा बढी केन्द्रित भए सरकारको पनि मिडिया नीति राम्रो भएन ।”

त्यस्तै बरिस्ठ अधिवक्ता तथा ( प्रेस सेनाली) दिल सहानीले सम्पूर्ण राज्य संरचनामा आमूल परिवर्तन नहुनाले र अहिलेसम्म भएका परिवर्तनका आन्दोलनहरु धोकामा टुङ्गिनाले त्यसको फाइदा उठाउने तत्वका कारण अहिले सबै क्षेत्रमा चरम संकट आएको बताए ।
मिडिया समस्याको बारेमा बोल्दै उनले मिडियालाई सेन्सर्सिप हुँदैन साइबर केस लाग्दैन भन्ने कुरा पनि गलत भएको बताए ।

उनले भने,”सोसल मिडियाहरुको कुनैपनि क्याटाेगोरीमा नपर्ने माध्यममा नपर्ने साइडहरुले पनि सूचना दिइराखेका छन्, जो राज्यको नियन्त्रण बाहिर छ त्यसलाई मूल प्रवाहमा ल्याउन राज्यले पहल गर्नुपर्छ ।”
उनले सबै कुराको संकट अर्थ राजनीति मात्र नहुने भन्दै आर्थिक अवस्था गाह्राे भयो भने आर्थिक व्यवस्था बदल्नु पर्ने बताए ।
उनले भने,”अहिलेको अर्थ राजनीतिक समस्या भनेको वर्तमान व्यवस्था हो त्यसको समाधान समाजवाद हो ।”
उनले अवधारणामा आएको कुरा जायज भएपनि समाजवादको मोडालिटी कस्तो हुने भन्ने कुरा क्लियर हुनुपर्ने बताए ।

त्यस्तै राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले समाजवाद सबैको मुखमुखमा झुन्डिएकाले समाजवादको मुद्धा लोकप्रिय बन्दै गएको बताए ।
उनले भने, “समाजवाद जनजनको मुखमा हरेक राजनीतिक दलको मुखमा छ र दलाल पुजिवादले निम्त्याएको देशको आर्थिक राजनीतिक र संचारमा परेको सङ्कटको समाधान वैज्ञानिक समाजवाद नै हो यसमा कुनै दुबिधा छैन तर कुन बाटो उपयुक्त हो त्यो निश्चिति हुनुपर्छ । राज्यसत्ता उदय पश्चात् राजनीतिक विचारले देशलाई गाइड गरिरहेको छ ।”
उनले शासकले जुन समयमा जस्तो संचार नीति बनायो त्यसैको आधारमा संचार माध्यम चलेको दृष्टान्त सुनाउदै अहिले पनि त्यही अनुरुप चलिरहेको बताए ।
उनले भने, “मिडिया कसरी चलाउने भन्ने राज्यको नीतिमा भर पर्छ त्यो नीति नबनाउदा नेपालको संचारमा संकट आएको हो ।”
चापागाईंले नेपालमा संघीयता आएपछि सबैभन्दा बढी प्रहार मिडियामाथि भइरहेको बताए ।
उनले भने,”संघीयता आएपछि सबैभन्दा बढी प्रहार मिडियामाथि भएको छ सरकारको नीति तत्काल परिवर्तन भएन भने आधिकारिक मिडिया सबै बन्द हुन्छ ।”
त्यस्तै प्रेस युनियन रुपन्देहीकी उपाध्यक्ष कल्पना तिवारीले संचारमाध्यममा देखिएका श्रमजीवीहरुका समस्या समाधान गर्न आफ्नो संगठन र आफू सम्वद्ध संचार संस्था सदैव तयार रहेको बताइन् ।
उनले भनिन्,”हामी श्रमजीवी पत्रकारहरुको मुद्धामा स्वरोजगार साना मिडियाहरुको समस्याबारे गम्भीर छौँ त्यसको समाधानका लागि सदैव तयार छौँ ।
पछिल्लो समय नेपाली संचार माध्यममा देखिएको संकटको एक कारण कोभिड भएको तर मूल कुरा राज्यको गलत मिडिया नीति भएको बताइन् ।
कार्यक्रममा धारणा राख्ने अधिकाशं वक्ताहरुको साझा धारणा वर्तमान राजनीतिक, आर्थिक संकटका कारण र सञ्चार माध्यममा परेको मुख्य प्रभाव वर्तमान व्यवस्था र दलाल पुजिवाद नै भएको र समाधान यो व्यवस्थाको विकल्प समाजवाद नै हो भन्ने निष्कर्ष थियो ।
कार्यक्रममा सयौं सर्वसाधारण जनताहरुको उल्लासमय सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।