१७ बैशाख २०८१, सोमबार

अनेमसंघ(क्रान्तिकारी) पश्चिम कालिकोटको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा प्रमिता सी निर्वाचित

0

कालिकोट । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पश्चिम कालिकोटको दोस्रो जिल्ला सम्मेलनले प्रमिता सीको अध्यक्षतामा २९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।

आईतबार जिल्लाको रास्कोट नगरपालिकाको शान्तिघाटमा सम्पन्न संघको दोस्रो जिल्ला सम्मेलनको बन्दसत्रले २९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको हो ।सम्मेलनले उपाध्यक्षमा रंगीता सी, सचिवमा सुर्जा सी,सहसचिवमा पदमा सी र चैनपुरा सी,कोषाध्यक्षमा आईती सी निर्वाचित गरेको छ ।

महिला प्रतिरोध दिवसको अवसरमा गत चैत्र २६ गते माल्कोटको सेरापाटामा उद्घाटन भएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र आईतबार मात्र सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन गरिएपनि बिचमा नयाँ बर्ष र विभिन्न कार्यक्रम परेकाले सम्मेलनको बन्दसत्र आईतबार गरिएको महिला संघ (क्रान्तिकारी)ले जनाएको छ ।

सम्मेलनको बन्दसत्र कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलमान सीले सम्बोधन गर्दै महिला अधिकारका लागि संघर्ष अनिवार्य भएको बताए ।
उनले जनयुद्धको बेला २०५४ साल चैत २६ गते माल्कोटको बिथोलडाँडामा महिलाहरुले पुलिसको हतियार खोसेको इतिहास संघर्षको महान इतिहास भएको स्मरण गरे ।

नेता बलमान सीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएको समाबेशी तथा महिलाहरुको लागि अनिवार्य अधिकार सुनिश्चित गरेको गाउँपालिको उपप्रमुख लगायतका अधिकारहरु जनयुद्धले स्थापित गरेको दावी गरे ।

नेकपा पश्चिम कालिकोट जिल्ला सेक्रेटरी साहासी सीले महिलाहरुले आफ्नो अधिकार प्राप्तिको लागि दलाल संसदीय व्यवस्था विरुद्ध लड्नुको विकल्प नभएको बताए । उनले गणतन्त्र आएपनि महिलाहरुको सम्पूर्ण अधिकार स्थापित नभएको र नेपालमा दलालहरु हाबी भएको बताए ।

कार्यक्रममा नेकपा कालिकोट जिल्ला सचिवालय सदस्य तथा रास्कोट नगर कमिटी सचिव निर्देशन सी, सचिवालय सदस्य तथा पलाता गाउँ कमिटी इन्चार्ज अनरूप सी लगातयको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।