१७ बैशाख २०८१, सोमबार

नेकपाको स्थायी समिति बैठक सुरु

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । सोमबार अपरान्ह २ बजेदेखि शिवपुर, ९ कपिलवस्तुमास्थित पार्टी कार्यालयमा स्थायी समिति बैठक सुरु भएको हो ।

बैठकमा महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहित प्रस्ताव पेस गरेका छन् । २० पृष्ठ लामो उक्त प्रस्ताव आइतबार साँझदेखि स्थायी समिति सदस्यहरूले अध्ययन गरिरहेका छन् ।

बैठकको प्रारम्भमा पार्टी महासचिवले प्रस्तावको भावना (स्पीड) र सारतत्वबारे व्याख्या गरेका छन् । सो प्रस्तावमाथि स्थायी समितिका सदस्यहरू प्रकाण्ड सी, सन्तोष सी, अनिल सी, उमा सी ‘शिलु’, भरत सी र कर्नजित सी ‘शुशिल’ले धारणा राख्ने कार्यक्रम रहेको नेकपाका स्थायी समिति सदस्य अनिल सीले जनपत्रिका अनलाइनलाई बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।