१७ बैशाख २०८१, सोमबार

युवा संगठनको धनगढी घोषणापत्र, ‘श्रमलाई सम्मान गर्ने, उत्पादनलाई बढाउने’

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । धनगढीमा सम्पन्न सम्मेलनले २१ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा ‘श्रमलाई सम्मान गर्ने, उत्पादनलाई वढाउने ! हिमाल, पहाड, तराई बाझो जमिन जोत्ने !!’ विषयलाई मुल नारा बनाइएको छ ।

संगठनले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय सम्मेलनले पारित गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा कृषि वैज्ञानिक र विज्ञहरुको सल्लाह लिदै संगठनलाई र देशलाई आत्मानिर्भर वनाउन तथा आम युवाहरुलाई उत्पादनमा सहभागी वन्न आह्वान गरिएको छ । युवा संगठन नेपाललाई कृषि जमिन, मल, बीउ र कृषि औजार उपलब्ध गराउनसमेत सम्मेलनले सरकारसँग जोड्दार माग गरेको छ ।

सम्मेलन गएको चैत २४ गतेदेखि २७ गतेसम्म धनगढीमा सम्मेलन भएको थियो । पाँचौं राष्ट्रिय सम्मेलनले सर्वसम्मत रुपमा दिनेश सीको अध्यक्षतामा १ सय ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । संगठनको उपाध्यक्षमा विश्लेषण सी, महासचिवमा सुभाष सी, सचिवमा अनिल सी, कोषाध्यक्षमा जीवनी सी निर्वाचित भएका छन् । सम्मेलनले वेरोजगारी युवाहरुका लागि रोजगारीको ग्यारेन्टी गर्न, बन्द रहेका राष्ट्रिय उद्योग कलकारखाना संचालन गर्न सरकारसँग जोडदार माग गरेको अध्यक्ष दिनेश सीले जानकारी दिए ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ऐतिहासिक सम्मेलनले दलाल पुजीवादी व्यवस्थालाई अन्त्य गरि त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्ध हुन आमयुवाहरुलाई आह्वान गरेको बताए । पत्रकार सम्मेलनको संचालन महासचिव सुभाष सीले गरेका थिए भने विश्लेषणले उपस्थित सम्पूर्ण पत्रकारलाई स्वागत गरेका थिए । साथै, संगठनका सचिव अनिल सीले घोषणपत्र सार्वजनिक गरेका थिए ।  

यस्तो छ २१ बुँदे घोषणापत्र-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।