२१ बैशाख २०८१, शुक्रबार

नेकपा पोलिट ब्युरो बैठक सम्पन्न, केन्द्रीय समिति बैठक बस्दै

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठक सम्पन्न भएको छ । मंगलबार दिउसोदेखि पार्टी केन्द्रीय कार्यालय शिवगढीमा बसेको बैठक त्यही दिन अवेर सम्पन्न भएको हो ।

बैठकले महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहितको प्रस्ताव पारित भएको छ । नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल सीले दिएको जानकारी अनुसार दुईवटै प्रस्ताव सर्वसम्मत् पारित भएका छन् ।

बैठकको प्रारम्भमा महासचिव विप्लवले प्रस्तावको मूल भावबारे सम्बोधन गरेका थिए । महासचिव विप्लवले सम्बोधन गरिसकेपछि २० पृष्ठ लामो उक्त प्रस्तावमाथि छलफल भएको थियो ।

छलफल पश्चात उक्त प्रस्ताव पास भएको अनिल सीले बताए । आज केन्द्रीय समिति बैठक बस्दैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।