१७ बैशाख २०८१, सोमबार

ध्रुवीकरण विना मजदुर आन्दोलन सम्पन्न हुन सक्दैन : श्याम सी

0

काठमाडौँ/ श्रमजीवी वर्गको व्यवस्था नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापनाका लागि आन्दोलनलाई सम्पन्न गर्न बृहत मजदुर ध्रुवीकरण आवश्यक रहेको अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका आठौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटी संयोजक श्याम सीले बताएका छन् ।
मंगलबार काठमाडौँको कलंकीस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित मजदुर ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
वैद्य नेतृत्वको ट्रेड युनियन महासंघबाट विद्रोह गर्दै उक्त पार्टीको भातृ संगठन मजदुर संघका केन्द्रीय सचिवालय सदस्य तथा ३ नम्बर प्रदेश मजदुर इन्चार्ज लामुनुदिन अन्सारी नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा ध्रुवीकरण भएका छन् ।
महासंघको बैशाख १९ गते हुने राष्ट्रिय सम्मेलन नजिकिएसँगै ध्रुवीकरणको लहर चलेको र ध्रुवीकरणका लागि नेकपा नै प्रमुख केन्द्र रहेको संघका संयोजक श्यामको भनाइ थियो । दुई साता अघिमात्र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख उपस्थिति रहेको ध्रुवीकरण कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको सभा हलमा तीन दर्जन बढी मजदुर नेताहरु ध्रुवीकरणमा आएका थिए भने देशका विभिन्न जिल्लामा दर्जनौंको संख्यामा नेकपाको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघसँग ध्रुवीकरणमा आएका छन् ।
आज भएको ध्रुवीकरण कार्यक्रममा आफ्नो विचार राख्दै लामुनुदिन अन्सारीले अबको स्वाभिमानको आन्दोलनका लागि नेकपामा एजेण्डा सहितको विश्वासिलो नेतृत्व देखेको बताएका छन् ।
श्याम सीको अध्यक्षतामा सम्पन्न ध्रुवीकरण कार्यक्रमको संचालन टेक सीले गरेका थिए भने कार्यक्रममा मजदुर नेता रामशरण सी र रामचन्द्र सीको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।