१७ बैशाख २०८१, सोमबार

नेकपाको पोलिटब्युरो बैठक आजबाट सुरु

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको पोलिट ब्युरो  बैठक आजबाट सुरु भएको छ ।
नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुको शिवगढीमा बैठक सुरु भएको स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल सीले जानकारी दिएका छन् ।

बैठकमा महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहित प्रस्ताव पेस गरेका छन् भने प्रस्तावको मूल भावबारे महासचिव विप्लवले आजै बैठकलाई सम्बोधन गर्ने बताइएको छ ।

महासचिव विप्लवले सम्बोधन गरिसकेपछि २० पृष्ठ लामो उक्त प्रस्ताव अध्ययनका लागि पोलिटब्युरो सदस्यहरुलाई वितरण गर्ने र भोलि बिहानसम्म पोलिट ब्युरो सदस्यहरुको धारणा राख्ने क्रम सकिने समेत जानकारी दिइएको छ ।

पोलिटब्युरो बैठक लगत्तै भोलि नै नेकपा केन्द्रिय समिति बैठक समेत सुरु हुनेछ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।