१९ बैशाख २०८१, बुधबार

नेकपाकाे जारी केन्द्रीय समिति बैठकमा १५ जनाले राखे धारणा

0

कपिलवस्तु – बुधबारबाट सुरू भएको नेकपा केन्द्रीय समिति बैठकमा पहिलाे दिन १५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी बैठकमा बाेल्ने सबै केन्द्रीय सदस्हरूले महासचिव विप्लवले प्रस्तुत गरेकाे २० पृष्ठ लामाे लिखित प्रस्तावमा समर्थन गरका छन् ।

बैठकमा नेकपा पाेलिटब्युराे सदस्यहर कृति सी, आजाद सी, एटम सी, धुर्व सी तथा केन्द्रीय सदस्यहरू ज्ञानु सी, सागर सी, निर्देश सी, प्रेम सी, सविता सी, अर्जुन सी, उत्सव सी, मिग्मार सी, वाटर सी, प्रयास सीले आफ्नाे धारणा राखेका थिए ।

उनीहरू सबैले प्रस्ताव वस्तुनिष्ठ रहेकाे, अहिलेकाे राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको व्याख्या, उत्पादन सम्बन्धि गतिविधि, समाजवादी माेर्चा निर्माणमा पार्टी नेतृत्वले लिएका पहलकदमीले सकारात्मक प्रभाव पारेकाे बताएका थिए ।

बैठक बिहीबार बिहान ८ बजे पुन बस्नेछ । बैठकमा महासचिव विप्लवले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहितको प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावमाथि सबै केन्द्रीय सदस्यले आफ्नाे धारणा राख्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।