१४ बैशाख २०८१, शुक्रबार

अ.ने.म. संघ क्रान्तिकारी मकवानपुरको छैठौं पूर्ण बैठक सम्पन्न

0

मकवानपुर: अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ । बुधबार जिल्ला पार्टी कार्यलय हेटौंडामा बसेको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । 

बैठकले विशेषतः आश्विन १ गते देखि हुन गइरहेको पार्टीको नवौं महाधिवेशन लक्षित विविध कार्यहरु अगाडि बढाउने निर्णय गरेको छ । साथै देशको राष्ट्रिय स्वाधीनता, जनजीविका, महंगी, कालोबजारी, भ्रष्टाचार, समाजमा व्याप्त विकृति विसंगति र महिला हिंसाको विरुद्ध निरन्तर संघर्षका कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ ।

अ.ने.म. संघ क्रान्तिकारी मकवानपुरका अध्यक्ष सुशिला सिङ्तानको अध्यक्षतामा बसेको बैठकमा अ.ने.म. संघ क्रान्तिकारीका केन्द्रिय महासचिव राजकुमारी शाहीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी राम घलान वाटरको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर सेक्रेटरी सुर्य अर्याल, विशेष जिल्ला सेक्रेटरी मिङमार, मकवानपुरका जिल्ला सचिवालय सदस्य गुण सिंह रुम्बा लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।