११ श्रावण २०८१, शनिबार

जनतामा पार्टी फर्किने केन्द्रको योजना बाँकेले चुम्नुपर्छः रक्तिम सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले जनतामा पार्टी फर्किने केन्द्रको योजना बाँके जिल्लाले चुम्नु पर्ने बताएका छन ।

शुक्रवार नेकपा बाँकेले जिल्लाको कोहलपुरमा आयोजना गरेको नयाँ इन्चार्जको ‘स्वागत तथा पूर्व इन्चार्जको विदाई’ कार्यक्रमलाई सम्वोधन गर्दै इन्चार्ज रक्तिम सीेले जनतामा पार्टी फर्किने योजना बाँकेबाट सुरु गर्नु पर्ने बताएका हुन ।

उनले पार्टी क्रान्तिको आवश्यकताले कार्यक्षेत्र परिवर्तन हुने कुरा स्वाभाविक भएको भन्दै आफ्नो बाँके आउने र बाँकेबाट रणदिप कालिकोट विदाई हुने कुरा पार्टीको आवश्कताले भएको बताए ।

इन्चार्ज रक्तिमले भने ‘पार्टी क्रान्तिको आवश्यकताले कार्यक्षेत्र बदलिने कुरा अन्यथा होइन, तर २०५४ साल चैत्र २६ गते देखि पार्टी क्रान्तिमा होमिएको जीवन हो । कहिल्य पनि जन्म र कर्मथलोमा कार्यक्षेत्र भएन । तर अहिले बाँके कर्म थलोमा कार्यक्षेत्र भएर आएको छु, यो पार्टीको आवश्यकताले हो । अब मेरो राजनीतिक कर्म थलो यहि ठाउँ हुनेछ, मरे यहि अगैयामा चिहान हुनेछ र बाँचे यहि भूगोलमा सम्पूर्ण जीवन पार्टी क्रान्तिको लागि अर्पित गर्ने छु ।’

उनले बाँके पार्टीले स्वागत तथा विदाई कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै नयाँ संस्कारको सुरुवात भएको दाबी गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व बाँके जिल्ला इन्चार्ज रणदिप सीले आफ्नो कार्यक्षेत्र पुनः कालिकोट पर्नु पार्टीको आवश्यकताले भएको भन्दै विदाई गर्ने बाँके पार्टीलाई धन्यवाद दिए ।

उनले तल उठेको र माथी जुटेको नेपाल कम्युनिष्ट पार्टी बनाउन आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने प्रतिबद्धता जनाए ।
पूर्व इन्चार्ज रणदिपले बाँकेमा हुदा सबै साथीभाईहरुको सहयोग पाएको र पार्टीलाई जनतासम्म स्थापित गर्ने काम गरेको जिकिर गरे ।

कार्यक्रममा नेकपा बाँके जिल्ला सेक्रेटरी कल्पना सीले नयाँ आउने इन्चार्ज रक्तिम र विदाई भएर जाने पूर्व इन्चार्ज रणदिपलाई अविर लगाउदै खादाले सम्मान गरेकि थिईन । स्वागत तथा विदाई कार्यक्रममा जिल्ला पार्टीका उपलव्ध सदस्यहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।