१० श्रावण २०८१, शुक्रबार

शालिकबाट जन्मिएका अजम्बरी योद्धा सिंहबहादुर विक (कोपिला)को २४ औं स्मृति दिवस

0

कालिकोट । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले संचालन गरेको महान जनयुद्धमा सहभागी भई छापामार दलको कमाण्डर सम्म पु्गेका एक क्रान्तिकारी योद्धा सिंहबहादुर विक (कोपिला)को साहासिक बलिदान भएको आज २४ बर्ष पुरा भएको छ ।

वि.स. २०५७ साल जेठ २ गते आजैको दिन कालिकोट जिल्लाको मुम्रामा तत्कालिन हत्यारा प्रहरीसंगको दोहोरो भिडन्तमा लडदा –लड्दै छापामार कमाण्डर कोपिलाको उच्च साहसिक बलिदान भयो ।

उनी सहित केही छापामार सदस्य तथा पार्टी नेता कार्यकर्ता पार्टी कार्यक्रमका लागि तयारीमा जुटेको बेला फुकोट प्रहरी चौकीबाट सुराकीको सूचनाले गस्तीमा गएको प्रहरीसंग जेठ २ गते विहानै लडाई परेको थियो ।

छापामार कमाण्डर कोपिलाको टिम मुम्राको बुढाबाडा टोलका हस्त बुढाको घरमा सेल्टर लिएर बसेको थियो । प्रहरी रातभरी हिडेर विहान मुम्रा पुगी एक्कासी घेरा हाल्यो । तयारी अवस्थामा नभएको छापामार टिम बाध्य भएर लडाईमा होमियो ।

एक्कासी भिडन्त सुरु भएकाले कोपिलको टिम घेरातोडदै सुरक्षित हुने क्रममा उखाडीमुल भन्ने जिउलो तिर बाहिरीयो । पछाडि हट्दै घेरा तोडदै जाने क्रममा छापामार कमाण्डर कोपिलालाई घाँटीमा गोली लाग्यो ।

लडाई सुरु भएपछि लड्दै भाग्दै गर्दा घाँटीमा गोली लागेको ठाउँ

लडाईमा अरु छापामार सदस्य तथा नेता कार्यकर्तालाई सकुसल प्रहरीको घेराबाहिर निकाल्न सफल भएका कमाण्डर कोपिला भने प्रहरीको गोली घाँटीमा लाग्दा गम्भीर घाईते भए ।

करिब ५० जना बढी प्रहरीसंग केबल १० जना छापामार सदस्यले भरुवा बन्दुकबाट विहानभरी लडाई लड्नु पर्यो । पार्टीको ठुलो क्षति हुनबाट बचाएका कोपिला अन्ततः आफैबाट उच्च बलिदन गरे । कोपिलालाई गोली लागेपछि उनलाई अन्य छापामार दलका सदस्यहरुले बोकेर लिन सक्ने अवस्था भएन । जसले गर्दा आफ्नै कमाण्डरलाई घाईते अवस्थामा छोडनु पर्यो ।

गोली लागेर घाईते भएका सहिद कोपिलालाई अन्ततः हत्यारा प्रहरीले कव्जा गरी चरम यातना दिएर विभत्स हत्या गरे । दोहोरो भिडन्तमा ३ जना हत्यारा प्रहरी जवान घाईते भएका थिए भने उनीहरुको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

सेल्टर लिएर बसेको गाउँ

को हुन कोपिला ?

कोपिला नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर विश्कर्मा ()प्रकाण्ड सी)का कान्छा भाई हुन । उनी वि.स.२०३६ साल असोज ६ गते कालिकोट जिल्लाको तत्कालिन माल्कोट गाविस वडा नम्वर ४ सल्लारुखमा बुवा पहले विश्वकर्मा र आमा भ्यार्की विकको कोखमा कान्छो छोरोको रुपमा जन्मिएका हुन । उनी सानै देखि विद्रोही स्वभावका थिए । उनको सिंगो परिवार नै जनयुद्धमा होमिएको थियो । उनका पछि गोरिकला विक र सर्मिला विक गरी २ वटा वहिनीहरु छन । गोरीकला विक कालिकोट जिल्लाकै महिला नेतृ हुन ।

उनको दुर्घटनामा परेर निधन भईसकेको छ । कोपिलाको कान्छी बहिनी अहिले पनि छन । सहिद कोपिलको जेठा दाजु खडक बहादुर विश्वकर्मा (प्रकाण्ड सी) हुन भने माईला दाजु अमर बहादुर विक (योद्धा) हुन । तर योद्धा भने म्यााग्दी कक्जाको बेला उच्च साहदत्त प्राप्त गरिसकेका छन । उनका माइला दाजु योद्धा पनि तत्कालिन विग्रेड कमाण्डर थिए । कोपिलाका जेठा दाजु प्रकाण्ड अहिले पनि पाटीको स्थायी समिति सदस्य तथा प्रवक्ता छन । कोपिलाको जीवनसाथी शान्ति सी क्रान्तिमै होमिएकी थिईन । उनको सानै उमेरमा विवाह भएको थियो । समाजको अन्याय अत्याचारका विरुद्ध विद्रोको मसाल बाल्दै कोपिला जनयुद्धमा होमिएका थिए । कोपिला दुश्मनसंग आगो भै लड्दै आएका थिए ।

कहाँ कहाँ लडाईमा सहभागी भए ?

सहिद कोपिला एक लडाकु योद्धा हुन । उनी कालिकोट जिल्लामा भएका शान्तिघाट,पादमघाट प्रहरी चौकी कव्जामा साहसिक लडाई लड्दै सहभागी भए । त्यसपछि कोपिला डिएसपी ठेलेराईको अधेरी खोला एम्वुस विष्फोटको घटनामा पनि सहभागी भए । जिल्लाका साना तिना धेरै जसो भिडन्त,एम्वुस,जाली फटाहहरुमाथि कार्वाही लगायतका दर्जनौ कार्वाहीमा सहभागी भए । जसले गर्दा छोटै अवधिमा उनी एउटा कुशल छापामार दलको कमाण्डर पनि भए ।

अहिले शालिकबाट जन्मिए कोपिला ?

सहिद कोपिला हाम्रो सामु छैनन् । तर उनको भौतिक शरिर नभएपनि विचार र आस्था अजम्बरी भएर मुम्रामा उभिएका छन । कोपिलाको मुम्राको चौरमा सुन्दर शालिक बनाईएको छ । त्यही शालिकको तल कोपिलको समाधिस्थल पनि छ ।
नेकपाले मुम्रामा सहिद कोपिलाको स्मरणको लागि उनको समाधिस्थलमै शालिक बनाएको स्थानीयवासी निमार्णले बताए । स्थानीयवासीहरुले कोपिलाप्रति सधै सम्मान गर्ने गरेका छन ।

नेकपाको जिल्ला सल्लाहकार समिति सदस्य तथा घटनाको प्रत्यदर्शी समेत रहेका निमार्णले भने ‘कोपिला कुशल कमाण्डर हो । उनी हामी सामु त छैनन् तर उनको विचार र आस्थाको प्रतिक यहि मुम्राको चौरमा छ । कोपिलाको नयाँ जन्म भएको छ । कोपिला कालिकोटे जनता मात्रै होइन सिंगो श्रमजीवी जनताको सामु र अझै मुम्रावासी जनताको सामु कहिलै पनि मरेका छैनन् । मात्रै यत्ति हो की उनको भौतिक शरिर मात्र हाम्रो सामु छैन । कोपिलाको विचार सिद्धान्त, आस्था कहिले पनि मरेको छैन । हामी उनको सपना साकार पार्नेछौ र यहाँको जनताले सधै सम्झिरहेको छ ’

फोटोःकर्ण विश्वकर्मा


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।