११ श्रावण २०८१, शनिबार

वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा एकताबद्ध हुन अखिल (समाजवादी) काे आह्वान

0

 

काठमाडौँ । अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा एकताबद्ध हुन अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट उक्त संगठनका अध्यक्ष नरेन्द्र सीले ६० औँ विद्यार्थी दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
अध्यक्ष नरेन्द्र सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपालमा अहिले दलाल पुँजीवादी संसदीय अर्थराजनीतिक व्यवस्था चलिरहेको छ र यसले नेपालमा शिक्षामा नवउदारवादी नीतिको अवलम्वन गरेको छ । शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशिल विषयहरुको जिम्मेवारीबाट राज्य पन्छिरहेको छ र चरम व्यापारीकरणको विषय बनाइएको छ । राष्ट्रिय अर्थतन्त्र र शिक्षालयहरु नजोडिदा शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार जन्माउने संस्था बनिरहेका छन् । वर्षेनी लाखौँको संख्यामा युवा/विद्यार्थीहरु विदेशिन बाध्य छन् । राष्ट्रियतामाथि गम्भिर समस्याहरु आइरहेका छन् । तसर्थ लाखौँ नेपाली विद्यार्थीहरुलाई दलाल पुँजीवादी संसदीय अर्थराजनीतिक व्यवस्था र शिक्षामा भएको नवउदारवादी नीति र व्यापारीकरणका विरुद्ध नेपाली विशेषताको समाजवाद र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा ऐकताबद्ध हुन ६० औं विद्यार्थी दिवसको अवसरमा आह्वान गर्दछौँ ।
 

विज्ञप्तिकाे पूरा पाठ-

नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ बोकेको विद्यार्थी दिवस (जेठ १) को गरिमा र महत्व आजपनि उत्तिकै छ । यो गौरवपूर्ण सन्दर्भमा हामी आम नेपाली विद्यार्थीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
नेपालको राजनीतिक इतिहासमा २०१७ सालमा निरङ्कुस पञ्चायती व्यवस्था लादिएपछि राजनीतिक दल, संघ संगठनहरु प्रतिबन्धित भए । २०१८ सालमा ल्याइएको राष्ट्रिय निर्देशन ऐन जारी भएपछि स्ववियु जस्तो संस्थामाथि पनि प्रतिबन्ध लगाइयो । पञ्चायती सरकारको निरङ्कुसता र दमनका विरुद्ध निरन्तरको विद्यार्थी आन्दोलनको प्रतिरोध र संघर्षबाट २०२० साल भाद्र २० गते त्रिविमा पहिलो पटक स्ववियुको निर्वाचन भयो । २०२१ वैशाख १५ देखि २५ सम्म काठमाडौंमा भएको अन्तरकलेज स्तरिय विद्यार्थी सम्मेलनले २०२१ जेठ १ गतेबाट स्ववियु स्वतन्त्र हुनुपर्ने, गोर्खा भर्ति बन्द हुनुपर्ने, स्ववियु क्याम्पसहरुका अलाव विद्यालयमा पनि हुनुपर्ने, विद्यार्थीलाई यातायात र अस्पतालमा छुट र विद्यार्थीहरु गाँउमा सेवा गर्न जाने लगायतका मागहरु राखि आन्दोलन सुरु भएको ऐतिहासिक दिनका रुपमा विद्यार्थी दिवस स्थापित छ। सो आन्दोलनमा राज्यले गरेको चरम दमन र विद्यार्थीहरुको निरन्तरको संघर्ष र प्रतिरोधको बलमा पञ्चायती सरकार विद्यार्थी आन्दोलन सामु घुडा टेक्न बाध्य भयो र विद्यार्थीका मागहरु पूरा भए । यो ऐतिहासिक आन्दोलन सुरु भएको दिन (जेठ १) विद्यार्थी दिवसको रुपमा स्थापित छ ।
नेपालमा अहिले दलाल पुँजीवादी संसदीय अर्थराजनीतिक व्यवस्था चलिरहेको छ र यसले नेपालमा शिक्षामा नवउदारवादी नीतिको अवलम्वन गरेको छ । शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशिल विषयहरुको जिम्मेवारीबाट राज्य पन्छिरहेको छ र चरम व्यापारीकरणको विषय बनाइएको छ । राष्ट्रिय अर्थतन्त्र र शिक्षालयहरु नजोडिदा शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार जन्माउने संस्था बनिरहेका छन् । वर्षेनि लाखौँको संख्यामा युवा/विद्यार्थीहरु विदेशिन बाध्य छन् । राष्ट्रियतामाथि गम्भिर समस्याहरु आइरहेका छन् । तसर्थ लाखौँ नेपाली विद्यार्थीहरुलाई दलाल पुँजीवादी संसदीय अर्थराजनीतिक व्यवस्था र शिक्षामा भएको नवउदारवादी नीति र व्यापारीकरणका विरुद्ध नेपाली विशेषताको समाजवाद र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा एकताबद्ध हुन ६० औं विद्यार्थी दिवसको अवसरमा आह्वान गर्दछौँ साथै यो अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।